ghar sansar

शिक्षक आन्दोलनमा साँसद तामाङ्गको समर्थन, भन्छन्– विधेयक फिर्ता लिएर जायज माग पूरा गर्नको विकल्प छैन

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा एमालेका प्रतिनिधि सभा सदस्य तारालामा तामाङ्गले संघीय संसदमा दर्ता गरिएको विद्यालय शिक्षा सम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयक फिर्ता गरी शिक्षक महासंघका जायज माग पूरा गर्नुको विकल्प नभएको बताएका छन् ।

dirghayi clinic

नेपाल शिक्षक महासंघले संसदमा दर्ता विधेयकका प्रावधानप्रति असन्तष्टि जनाउँदै काठमाडौं केन्द्रित आन्दोलन गरेपछि साँसद तामाङ्गले संसदमा दर्ता विधेयकमाथि दफावार छलफल र संशोधनबाट माग पूरा हुने अवस्था नभएकाले फिर्ता गर्नु पर्ने बताएका हुन् ।

,orning glory badhai

साँसद तामाङ्गले विधेयक फिर्ता गरी महासंघका मागलाई सम्बोधन गरी फेरि विधेयक संसदमा दर्ता गर्नु पर्नेमा जोड दिएका छन् । उनले शिक्षक महासंंघको आन्दोलनमा ऐक्यवद्धता समर्थन जनाउँदै शिक्षालाई मर्यादित बनाउनु आव्हान गरेका छन् ।

‘गठबन्धन सरकारको स्पष्ट बहुमत भएकोले संसदमा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयकको दफाबार छलफल वा संसोधनबाट आन्दोलनरत शिक्षकहरुका जायेज मागहरु पूरा हुन्छ भन्ने मा ढुक्क नभएकोले विधयेकलाई तुरुन्त फिर्ता गरी शिक्षकहरुका जायज मागलाई सम्बोधन गरी विधयेक पुनः संसदमा दर्ता गराउनुपर्ने देखिन्छ । शिक्षकहरुका जाहेज मागलाई पूरा गराउनुको विकल्प छैन’ साँसद तामाङ्गले आफ्नो फेसबुकमा उल्लेख गरेका छन्,‘शिक्षकहरुको जाहेज मागमा हाम्रो समर्थन प्रतिबद्धता र एक्यबद्धता । सबै क्षेत्रलाई अस्तब्यस्त उन्मुख हुन सरकार को गतिविधिले मलजल गर्दैछ ।’

 

Himal dental
सम्बन्धित
Loading...