ghar sansar

अछामको कामेश्वरी माविले आन्दोलनमा सहभागी शिक्षकलाई यातायात खर्च दिने

little buddha academy
khasi

महेन्द्रनगर । अछामको तुर्माखाँद गाउँपालिकास्थित कामेश्वरी माध्यमिक विद्यालयले शिक्षक आन्दोलनमा गएका दुई जना शिक्षकको यातायात खर्च विद्यालयको आन्तरिक कोषबाट दिइने घोषणा गरेको छ ।

dirghayi clinic

विद्यालय शिक्षा विधेयक विरुद्धको आन्दोलनमा गएका विद्यालयका दुई जना शिक्षकलाई काठमाडौँ जाने–आउने बस भाडा दिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमरराज न्यौपानेको बताए। दुई जनाको आठ–दश हजार खर्च विद्यालयको आन्तरिक कोषबाट दिने उनले बताए ।

,orning glory badhai

शिक्षित नागरिक उत्पादन गर्ने शिक्षकले गुणस्तरीय शिक्षा निर्माणका लागि विधेयकलाई सच्चाउन गरिएको मागमा विद्यालयको समर्थन रहेको बताइएको छ । सामुदायिक विद्यालय शिक्षालाई बलियो र गुणस्तरीय बनाउन विद्यालय व्यवस्थापन समितिको स्पष्ट भूमिका हुनुपर्ने अध्यक्ष न्यौपानेको भनाइ छ। शिक्षकहरूको प्रतिनिधिको रूपमा अछामबाट आन्दोलनमा सहभागी रहेको र विद्यालय बन्द रहेको अवस्था छ ।

 

Himal dental
सम्बन्धित
Loading...