ghar sansar

शुक्लाफाँटामा जग्गा नापी हेर्दै निवर्तमान मेयर

little buddha academy
khasi

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकाका निवर्तमान नगर प्रमुख दिल बहादुर ऐरले जग्गा नापी सम्बन्धी कार्यको अवलोकन गरेका छन् ।

अव्यवस्थित बसोवासीलाई जग्गा उपलव्ध गराउन नगरपालिकामा भइरहेको जग्गा नापजाँचको कार्यको प्रभावकारिताबारे उनले अनुगमन गरेका छन् । शुक्लाफाँटाको वडा नं. २ र ३ मा निवर्तमान मेयर ऐरले अनुगमन गरेका छन् ।

,orning glory badhai
dirghayi clinic

आफनै पालामा जग्गा नापजाँचको कार्यलाई अगाडी बढाउन टोली परिचालन गरेको उनी बताउँछन् । जुन तरिकाले नापीको कार्य अगाडी बढनु पर्ने हो त्यो हुन नसकेको प्रति उनको गुनासो रहेको छ ।

एक दुई वटा टोलीले मात्रै छिटो छरितो कार्य गर्न सक्दैन उनी भन्छन, त्यसका लागि नगरपालिकाले जनशक्ति र आवश्यक सामानको व्यवस्था मिलाउनु पर्छ । वर्षौ देखि जग्गाको स्वामित्व पाउन नसकेका बासिन्दालाई जग्गा धनी पूर्जा उपलव्ध गराउन तत्पर भएर जनप्रतिनिधिले कर्तव्य निर्वाह गर्नु पर्ने उनी बताउँछन् ।

आधारभूत स्वास्थ्य केन्द्र र वडा कार्यालयका काम कारवाहीका बारेमा समेत उनले चासो राख्दै कर्मचारीलाई सेवा चुस्तदुरुस्त रुपमा अघि बढाउन आग्रह गरेका छन् ।

सेवाग्राहीको गुनासो सुन्दै उनले तत्काल प्रभावकारी तरिकाले जनप्रतिनिधिले समस्या समाधान गर्नु पर्ने बताए ।

Himal dental
सम्बन्धित
Loading...