ghar sansar

सिउडीबाग दुर्घटनाले बेदकोट बगुनका पाल परिवारमा बज्रपात, छोरीले गुमाइन् ज्यान, आमा र छोरा गम्भीर

dirghayu ad
janjyoti campus

महेन्द्रनगर । दैजी जोगबुडा सडक खण्ड अन्र्त बेदकोट नगरपालिका ३ सिउडिबाग घुम्तीमा जीप दुर्घटना हुँदा बगुनका राजेश बहादुर पालले दुई वर्षिया छोरी गुमाएका छन् ।

पालकी श्रीमति तारा पाल र उनकी १० वर्षिय छोरा प्रिन्सा पाल गम्भीर घाइते भएका छन् । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उनीहरुको उपचार भई रहेको छ ।

western public academy

दुबैको टाउको चोट लागेको छ । दैजीबाट जोगबुडा जाँदै गरेको से १ ज४१७ नम्बरको बोलेरो मंगलबार सडकबाट २० मिटर तल खसेर दुर्घटनामा परेको छ ।

सेती अस्पतालमा भर्ना गरिएका छन् । उनीहरुमध्ये अधिकाँशको अवस्था गम्भीर छ ।

दुर्घटनामा घाइते कृष्णपुर नगरपालिका १ वाणिका ३३ की वर्षिया धाना बोहरा, उनका ४ वर्षिय छोरा कमल बोहरा गम्भीर घाइते छन् । आमा छोराको टाउको चोट लागेको छ ।

डडेल्धुराको पर्शुराम नगरपालिका ९ का ३५ वर्षिय देबेन्द्र धामीको टाउको र बाँया खुट्टामा चोट लागेको छ ।

परशुराम नगरपालिका ११ का २४ वर्षिय बिरेन्द्र कुँवर र उनकी श्रीमति मनिसा कुँबर दुर्घटनामा परी घाइते भएका छन् । उनीहरु दुबैको टाउको र शरिरमा चोट लागेको छ ।

परशुरामका २८ वर्षिय नरेश सार्कीको टाउको र शरिरमा चोट लागेको छ । जीप चालकको पहिला खुल्न सकेको छैन ।

यसैबीच बेदकोट नगरपालिका निवर्तमान मेयर अशोक कुमार चन्दले मृतकमा श्रद्धाञ्जली र घाइते सबैको स्वास्थ्य लाभको कामना गरेका छन् ।

उनले भनेका छन्, ‘दुर्घटना ! दैजी जोगबुडा सडक खण्ड अन्तरगत सिउडिबाग मोडमा ४१७ नम्बरको गाडि दुर्घटना हुदा बेदकोट नगरपालिका वडा न ४ बगुन बस्ने राजेश बहादुर पालकी २ बर्षिय छोरीको घटना स्थलमै मृत्यु भएको छ। मृतक नानी प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।भने उहाँको श्रीमती तारा र छोरा प्रीयन्स घाइते भैइ महाकाली अस्पतालमा प्रारम्भिक उपचार पछि धनगढी रिफर गरेको र अहिले निसर्ग अस्पताल धनगढीमा उपचार भैरहेको छ । साथै अन्य ७ जना घाइतेहरुको पनि धनगढी स्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ। सम्पूर्ण घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

Himal dental
सम्बन्धित
Loading...