

महेन्द्रनगर । भीमदत्त नगरपालिका १३ बडैपुरस्थित सिद्धनाथ माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्षमा पुनः महेशदत्त भट्ट चयन भएका छन् ।

विद्यालय व्यवस्थापन समितिको बैठकबाट समितिका सदस्य भट्टलाई यस सर्वसम्मत अध्यक्ष चयन गरिएको छ ।
समितिमा बलराम लुहार, बसन्ती बिष्ट, जानकी धामी, गोबिन्द दमाई, पार्वती बिष्ट सदस्य छन् ।

समितिमा वडा सदस्य हरिश साउँद समितिका वडा पदेन सदस्य छन् । विद्यालयका शिक्षक बिरेन्द्र कुमार थापा शिक्षक प्रतिनिधि र प्रधानाध्यापक जनक बहादुर चन्द सदस्य सचिव छन् ।
समितिका अध्यक्ष भट्टले विद्यालयको शैक्षिक गुणस्तर र पूर्वाधार विकासलाई जोड दिएर जाने बताए ।
