ghar sansar

मनसुनजन्य विपद्बाट जोगिन युवा सञ्जाललाई अभिमुखीकरण

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले मनसुन जन्य विपद्बाट जोगिन उत्थानशील युवा सञ्जाललाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।

मनसुनको समय नजिकिए सँगै उत्थानशील युवा सञ्जालमा आबद्ध ३५ युवाहरूलाई थप सक्रिय तुल्याउने उद्देश्यले दुई दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाका उपप्रमुख निलम लेखक जोशीले बताइन् ।

अत्यधिक गर्मी बढ्दै गएको अवस्थामा जङ्गल, घरमा डढेलो लाग्ने तथा मनसुन नजिकिँदै गरेको अवस्थामा बाढी लगायतका विपद्बाट जोगिनका युवाहरूलाई अभिमुखीकरण गरिएको उनले बताइन् ।

dirghayi clinic

१९ वडा रहेका भीमदत्त नगरपालिकामा हाल सम्म १७ वटा वडामा उत्थानशील युवा सञ्जाल गठन गरिएको छ । वडा स्तरीय र नगर स्तरीय युवा सञ्जालमा आबद्ध युवाहरुलाई जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक खड्क बहादुर खत्रीले लागू औषध रोकथाम तथा नियन्त्रण सम्बन्धी प्रशिक्षण प्रदान गर्नुभयो भने, नेपाल राष्ट्रिय समाज कल्याण संघका वातावरण विज्ञ भोजराज भट्टले विपद्का बखत मानवीय सहायता र भावी योजनाका बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।

त्यसै गरी, कार्यक्रममा युवाहरूको जिज्ञासालाई सम्बोधन गर्नुहुँदै प्रहरी उपरीक्षक खत्रीले पछिल्लो समय विद्युतीय अपराध, लागू औषधका दलदलमा फस्दै गएका युवाहरूलाई त्यसबाट जोगाउन युवा सञ्जालको महत्वपूर्ण भूमिका रहनेमा विश्वास व्यक्त गरे ।

वातावरण विज्ञ भट्टले उत्थानशील युवा सञ्जालमा जोडिएका युवाहरूले विपद् जोखिम न्यूनीकरण,जलवायु परिवर्तन अनुकूलनको क्षेत्रमा र अन्य सामाजिक सरोकारको क्षेत्रमा विगत लामो समयदेखि काम गर्दे आएका बताए । उनिहरुलाई थप पुर्नताजकी र अभिमुखीकरण कार्यक्रम सञ्चान गरिएको उनले बताए ।

कार्यक्रममा सहभागी युवा अङ्कित जोशीले अभिमुखिक विपद्मा परेका स्थानको पूर्व जानकारी तथा विपद्बाट जोगिनका लागि अपनाउनुपर्ने सावधानीका विषयमा अभिमुखीकरण कार्यक्रमबाट लाभ मिलेको बताए ।

Himal dental
सम्बन्धित
Loading...