ghar sansar

महिला तथा वृद्धा सेवा केन्द्रमा संसदीय समिति आउँदै

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ वनखेतस्थित महिला तथा वृद्धा सेवा केन्द्रमा संसदीय समिति आउन लागेको छ । वृद्धा सेवा केन्द्रको अनुगमन गर्नका लागि समितिका सदस्यहरु आउन लागेका छन् ।

वृद्धाश्रम २०६२ मा मुट्टीदान गरी अधिकारकर्मी शारदा चन्दले सञ्चालन गरेकी हुन् । वृद्धाश्रममा ज्येष्ठ नागरिक र बालबालिका गरी दुई सय जना बढी आश्रय लिएर बसेका छन् ।

,orning glory badhai
dirghayi clinic

प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले समितिले वृद्धाश्रम सहित पुनःस्र्थापन, बाल अनाथालय लगायतका अनुमगन गर्ने बताए । उनका समिति अहिले कैलालीमा अनुगमन गरि रहेको छ ।

वृश्र सेवा केन्द्रका अध्यक्ष शारदा चन्दले केन्द्र सञ्चालन भएपछि पहिलो पटक संसदीय समिति आउन लागेको र समिति समक्ष केन्द्रका सबै समस्या राख्ने बताइन् ।

सरकारी निकायले सहयोग नगर्दा केन्द्र सञ्चालन गर्न समस्या भएको भन्दै गत वर्ष चन्दले पत्रकार सम्मेलनमा सरकारलाई स्वामित्व लिन आग्रह गरेकी थिइन् ।

भीमदत्त नगरपालिका–५ वनखेतबाट वर्षाैदेखि ज्येष्ठ नागरिक, महिला र बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ ।

Himal dental
सम्बन्धित
Loading...