ghar sansar

कञ्चनपुरका सबै पालिकामा आज हुँदैछ काँग्रेस देउवा समूहको पालिका अधिवेशन

khasi

महेन्द्रनगर । काँग्रेस संस्थापन इतर समूहले कञ्चनपुरका सबै पालिकामा आज अधिवेशन गर्दैछ । काङ्ग्रेस १५ औ महाधिवेशन अन्तर्गत सात पालिका र दुई गाउ पालिकामा अधिवेसन हुन लागेका छन् ।

असोज १५ गते वडा अधिवेशन भएको थियो । वडा अधिवेशनबाट चयन भएका क्षेत्रीय प्रतिनिधि अधिवेशनमा सहभागी हुने भएका छन् ।

काङ्ग्रेस नेता पूर्व मन्त्री एनपी साउद अधिवेशनका लागि पुगि सकेका छ्न । साउदले आफ्नो निर्वाचन क्षेत्रका कृष्णपुर, शुक्लाफाँटा र बेदकोट नगरपालिकाका अधिवेशन उद्घाटन गर्ने भएका छन् ।

कृष्णपुरमा बिहान अधिवेशन उद्घाटन गर्ने कार्यक्रम बनेको छ । कृष्णपुरपछि शुक्लाफाटा र त्यसपछि बेदकोट नगर अधिवेशन उद्घाटन गर्ने छन् । बेदकोटमा दिउँसो २ बजे अधिवेशन उद्घाटन हुनेछ ।

काङ्ग्रेस कंचनपुर ३ अन्तर्गत भीमदत्त र दोधारा चादनी अधिवेशन पार्टी कार्यालयमा हुन लागेका छन् ।

भीमदत्त नगर अधिवेशन पार्टी कार्यलय प्राङ्गणमा गर्ने तयारी गरिएको छ । पार्टी कार्यालय बाहिर प्राङ्गणमा टेन्ट लगाइएको छ ।

काङ्ग्रेस कञ्चनपुरका सभापति पदम बोगटीले अधिवेसन उद्घाटन गर्ने छन् । दोधारा चाँदनी नगर अधिवेशन चादनीस्थित पार्टी कार्यालयमा हुने भएको छ ।

dirghayi clinic

काङ्ग्रेस सुदूरपश्चिम सह महामन्त्री गोपाल भट्टले अधिवेसन उद्घाटन गर्ने नेताहरूले बताएका छन् ।

दोधारा चाँदनीमा नगर समिति सहमतिमा चयन गरिने पक्का भएको छ ।

काँग्रेस १४ औ महाधिवेशनबाट राजेन्द्र मल्ल दोधारा चादनी नगर सभापति भएका हुन । अहिले मल्ल दोहोरिने सम्भावना अत्यधिक भएको नेताहरू बताउँछन ।

बेलौरी नगर अधिवेसन बाणिज्य संघ सभा कक्षामा राखिएको छ ।

काँग्रेस विशेष महाधिवेशन पछि सभापति बोगटी, उप सभापति मिन बहादुर सिंह,सचिवद्व्य भीम भट्ट र हेम राज ओझा काँग्रेस संस्थापन इतर समूहमा छन ।

उप सभापति हरिश चन्द्र राना, सह सचिव नाफू साउद काङ्ग्रेस संस्थापन छन् । उनीहरू काठमाडौको १५ औ महाधिवेशनमा सहभागी भएका छ्न ।

कंचनपुर ३ का क्षेत्रीय सभापति केशब चन्द र प्रदेश क सभापति पुस्कर जोशी काँग्रेस देउवा समूहमा छन् ।

भीमदत्त काँग्रेसका उप सभापति दिपेन्द्र बिष्ट, सचिवद्व्य राहुल भट्ट र नितु भट्ट पनि देउवा काँग्रेसमा छन् ।

Himal dental
सम्बन्धित
Loading...