ghar sansar

लिटिल बुद्धमा एलपीएल सिजन –१ सुरु

khasi

महेन्द्रनगर । लिटिल बुद्ध एकेडेमी एलबीए प्रिमियम लिग (एलपीएल) सिजन –१ सुरु भएको छ । सोमबार विद्यालयको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो ।

विद्यालयका सञ्चालक, शिक्षक, कर्मचारी र विद्यार्थीहरुको सहभागितामा सोमबार दिउँसो प्रतियोगिता उद्घाटन गरिएको छ ।

प्रतियोगिता उद्घाटन गर्दै विद्यालयका प्रिन्सिपल श्याम सिंह मौनीले क्रिकेटको विकास र क्रिकेटका लागि खेलाडी उत्पादनको लक्ष्य राखेर प्रतियोगिता सञ्चालन गरिएको बताए ।

‘अहिले क्रिकेट खेल सबैतिर आकर्षण बनेको छ, खेलको विकासका लागि यो प्रतियोगिता सञ्चालन गरि रहेका छौ’ उनले भने, ‘यसले क्रिकेटका नयाँ खेलाडी बन्ने छन्, खेलको विकास हुनेछ र विद्यार्थीहरु थप खेलप्रति प्रेरित हुनेछन् ।’

रिबन काटेर मौनीले प्रतियोगिता उद्घाटन गरे । उनले प्रतियोगिताका ट्रफी अनावरण पनि गरे । उद्घाटनमा प्रिन्सिपल मौनीले ब्याटिङ्ग र सहायक प्रिन्सिपल गंगा भट्टले बलिङ्ग गरे ।

dirghayi clinic

विद्यालय सञ्चालक समितिका अध्यक्ष श्याम सुन्दर ढकालले कार्यक्रमको अध्यक्षता गरेका थिए । असोज २६ गते प्रतियोगिताको फाइलन खेल हुनेछ ।

प्रतियोगिताका विद्यालयका ८ टीम सहभागी भएका छन् । ती ८ टीमका कक्षा ६ देखि १० सम्मका १ सय २० विद्यार्थी समावेश गरिएका छन् ।

यस अघि विद्यालयका क्रिकेट खेलमा इच्छुक विद्यार्थीबीच प्रतिस्पर्धा गरी टीमका लागि विद्यार्थी छनौट गरिएको थियो ।

विद्यार्थीका ती ८ टीमका विभिन्न नाम दिइएका छन् । विद्यालयले विगतदेखि अतिरिक्त क्रियाकलाप अन्र्तगत विभिन्न खेलकूद प्रतियोगिता गर्दै आएको छ ।

प्रतियोगितामा विजयी टीमलाई नगद पुरस्कार र ट्रफी सहित प्रमाण पत्र दिइनेछ ।

Himal dental
सम्बन्धित
Loading...