ghar sansar

दोधारा चाँदनीमा काँग्रेस संस्थापन इतरको नगर अधिवेशन सुरु

khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका काँग्रेस संस्थापन इतर समूहको नगर अधिवेशन सुरु भएको छ ।

चाँदनीस्थित पार्टी कार्यालयमा अधिवेशन सुरु गरिएको छ ।

काँग्रेस सुदूरपश्चिम महामन्त्री गोपाल दत्त भट्टले अधिवेशन उद्घाटन गरेका छन् ।

dirghayi clinic

अधिवेशन उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेश सभा सदस्य मधुदेबी भारती, काँग्रेस कञ्चनपुरका सचिव भीम भट्ट र दोधारा चाँदनीका निवर्तमान मेयर बीर बहादुर सुनार विशिष्ठ अतिथि छन् ।

काँग्रेस कञ्चनपुर ३ का क्षेत्रीय सभापति केशब चन्द, भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशी, काँग्रेस दोधारा चाँदनीका पूर्व नगर सभापति डम्बर चन्द लगायत नेताहरु सहभागी भएका छन् ।

तस्बिर सौजन्य : भुपेन्द्र ओली/पत्रकार

Himal dental
सम्बन्धित
Loading...