
काँग्रेसको भीमदत्त नगर अधिवेशनमा सहभागी हुन क्षेत्रीय प्रतिनिधि सहित नेता कार्यकर्तालाई उप सभापति विष्टको आग्रह

महेन्द्रनगर । काँग्रेसको भीमदत्त नगर उप सभापति दिपेन्द्र विष्टले १५ र्औं महाधिवेशन अन्र्तगत मंगलबार हुने भीमदत्त नगर अधिवेशनमा सहभागी हुन सबै क्षेत्रीय प्रतिनिधि, नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

उप सभापति विष्टले सामाजिक सञ्जालबाट सहभागिताका लागि आग्रह गरेका छन् । काँग्रेस संस्थापन इतर समूहको मंगलबार काँग्रेस पार्टी कार्यालयमा नगर अधिवेशन हुँदैछ ।
काँग्रेसका पूर्व मन्त्रीद्वय एनपी साउँद र रमेश लेखक अधिवेशनमा सहभागी हुने काँग्रेस नेताहरुले बताएका छन् ।
अधिवेशनमा ५ सय बढी क्षेत्रीय प्रतिनिधि सहभागी हुने उप सभापति विष्टले बताए ।
‘नेपाली कांग्रेस भीमदत्त नगर कार्यसमिति को १५औं महाधिवेशनका लागि, सम्पन्न हुन गइरहेको नेपाली कांग्रेस भीमदत्त नगर अधिवेशन तपसिलको मिति, समय र स्थानमा हुने हुँदा नगरभित्रका सम्पूर्ण क्षेत्रिय प्रतिनिधिज्यू, क्रियाशील सदस्य ज्यूहरु आदरणीय नेतागण लगायत सम्पूर्ण शुभचिन्तक ज्यूहरूलाई हार्दिक आमन्त्रण गर्दछौँ’ उप सभापति विष्टले आग्रह गर्दै भनेका छन् ।
