ghar sansar

रेडियन्टमा वक्तृत्वकला र वादविवाद प्रतियोगिता

khasi

महेन्द्रनगर । रेडियन्ट माध्यमिक विद्यालयमा नियमित अतिरिक्त क्रियाकलाप अन्तर्गत शुक्रबार वक्तृत्वकला र वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थीहरूको चौतर्फी विकास, तार्किक क्षमता र अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले प्रतियोगिता गरिएको छ ।

कक्षा ४ र ५ का विद्यार्थीहरूका लागि “मेरो देश मेरो गौरव“ शीर्षकमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो । राष्ट्रियता र देशप्रेमको भावना झल्किने यस प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिँदै कक्षा ५ का छात्र सत्यम भण्डारी प्रथम भएका छन्। यसैगरी कक्षा ५ कै छात्र लक्ष्मण भट्टले द्वितीय र सन्देश भट्टले तृतीय स्थान प्राप्त गरे ।

,orning glory badhai

dirghayi clinic

त्यस्तै, कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरूका लागि वर्तमान समयको निकै सान्दर्भिक विषय “सामाजिक सञ्जाल विद्यार्थीहरूका लागि वरदान कि अभिशाप“ शीर्षकमा रोचक वादविवाद प्रतियोगिता सम्पन्न भयो ।

विद्यार्थीहरूले पक्ष र विपक्षमा आ–आफ्नो तार्किक मत राखेको उक्त प्रतिस्पर्धामा कक्षा ७ मा अध्ययनरत छात्र रिसेस जोशी प्रथम, कक्षा ८ की छात्रा जीविका खत्री द्वितीय र कक्षा ७ की छात्रा सुवेज्ञा विष्ट तृतीय हुन सफल भए ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक सुर्य बहादुर चन्दले किताबी ज्ञानका अतिरिक्त यस्ता प्रतियोगिताहरूले विद्यार्थीहरूमा नेतृत्व क्षमता, तार्किक शक्ति र आत्मविश्वासको विकास गर्न मद्दत पुग्ने हुँदा रेडियन्ट माविले शैक्षिक गुणस्तरका साथै विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिँदै आएको बताए । ।

विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक लोकेन्द्र भट्टले कार्यक्रम सञ्चालन गरे ।

 

Himal dental
सम्बन्धित
Loading...