ghar sansar

जग्गाधनी पूर्जा माग गर्दै बेदकोटका वासिन्दाले पठाए सरकारलाई ज्ञापन

khasi

महेन्द्रनगर । बेदकोट नगरपालिका ८ का स्थानीयले जग्गाधनी पूर्जा वितरण कार्यमा सहजिकरण गरि दिन माग गर्दै सरकारलाई ज्ञापन पठाएका छन् ।

वडा अध्यक्ष महेश राज जोशी, भूमि हकहितका लागि संघर्ष समितिका अध्यक्ष पदम सिह धामी सहितका स्थानीयले जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत संघीय सरकारलाई माग पत्र पठाएका छन् ।

dirghayi clinic

बेदकोट नगरपालिका ८का वडाध्यक्ष महेशराज जोशीले जिल्ला भूमि समस्या समाधान समितिका अध्यक्ष समेत रहेका कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोईरालालाई ज्ञापन पत्र बुझाएको बताए ।

वडाध्यक्ष जोशीका अनुसार ५५ बर्षदेखि बसोबास गर्दै आएका ६३ परिवारले पुराना पुर्जावालालाई न्यायोचित अधिकार तथा ०६७का पुर्जावाला १० बर्षे हदबन्दी खारेजीको माग अघि सारेका छन । ०३६सालमा नक्सा भईसकेका, ०५४मै नापी भईसकेको, ०६७सालमै तत्तकालिन आयोग मार्फत जग्गाधनी प्रमाण पत्र पाईसकेका र आयोग, राज्यले श्रेस्ता कायम नहुँदा अधुरै रहेका पुर्जा पुर्ण गरिदिन माग अघि सारेका छन् ।

ज्ञापन पत्र बुझ्दै जिल्ला भूमि समस्या समाधान समितिका अध्यक्ष समेत रहेका कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोईरालाले समस्या अध्ययन गरेर अघि बढ्ने बताए ।

स्थानीयले क्षेत्र ३का सासद ज्ञानेन्द्र सिह महता, भूमि व्यवस्था,सहकारी संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय, जिल्ला भूमि आयोग, बेदकोट नगरपालिका र बेदकोट ८ वडा कार्यालय सहितको उक्त समस्या समाधानका लागि ध्यानाकर्षण गराएका छन् ।

Himal dental
सम्बन्धित
Loading...