ghar sansar

सत्तारुढ रास्वपाको स्थानीय तह निर्वाचन उम्मेदवार छनोट केन्द्रीय समिति सदस्यमा कञ्चनपुर १ का साँसद धामी

khasi

महेन्द्रनगर । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को आगामी स्थानीय तह निर्वाचनका लागि बनाएको केन्द्रीय उम्मेदवार छनोट समितिमा कञ्चनपुर १ का साँसद जनक सिंह धामी सदस्य भएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले महामन्त्री विपिन आचार्यको संयोजकत्वमा रहेको उम्मेदवार छनोट समितिमा सात जना सदस्य मनोनयन गरेको हो ।

dirghayi clinic

समितिमा मिलन लिम्बू, रहबर अन्सारी, तोसिमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त बैदिक, टासी ल्हाजोम र जनक सिंह धामी सदस्य छन् ।

पार्टीका सातै प्रदेशका सभापति समितिको पदेन सदस्य रहने पार्टी प्रवक्ता जगदीश खरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैठकले १३ वटा केन्द्रीय विभागका प्रमुखको मनोनयन गरेको छ ।

साँसद धामी २०८२ फागुन २१ को निर्वाचनमा कञ्चनपुर १ बाट निर्वाचित भएका थिए ।

Himal dental
सम्बन्धित
Loading...