ghar sansar

एलपीएल सिजन–१० मा धनगढी योद्धाजलाई १७ रनले हराउँदै शुक्लाफाँटाको सानदार जित

khasi

महेन्द्रनगर । एलपीएल सिजन–१० मा शुक्लाफाँटा नगरपालिकाको टोलीले सानदार जित दर्ता गरेको छ । सोमबार रोमाञ्चक खेलमा शुक्लाफाँटाले दिएको ११६ रनको लक्ष्य पछ्याएको धनगढी योद्धाजलाई १३ ओभर ५ बलमा ९९ रनमै समेट्दै शुक्लाफाँटाले १७ रनको जित निकालेको हो ।

शुक्लाफाँटाले निर्धारित खेलमा ११६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको धनगढी योद्धाजका खेलाडीलाई शुक्लाफाँटाका बलरले सुरुदेखि नै दबाबमा राखेका थिए। उत्कृष्ट बलिङ र फिल्डिङको प्रदर्शन गर्दै शुक्लाफाँटाले विपक्षी टोलीलाई ९९ रनमै अलआउट गरेको हो ।

dirghayi clinic

जितसँगै शुक्लाफाँटाको टोलीले प्रतियोगितामा आफ्नो प्रभाव बलियो बनाएको छ। टोलीको समग्र व्यवस्थापन नगर खेलकुद समिति सदस्य बिबेक रावलले गरिरहेका छन् ।

कप्तान कैलाश ऐरले मैदानमा टोलीको नेतृत्व गरिरहेका छन् भने सह–व्यवस्थापक सुरेश भट्टले व्यवस्थापनमा साथ दिइरहेका छन् । पूर्व राष्ट्रिय खेलाडी ललित सिंह भण्डारी मुख्य प्रशिक्षक तथा हरिस अवस्थी मेन्टरका रूपमा टोलीसँग जोडिएका छन् ।

शुक्लाफाँटाको आगामी खेल २० गते बिहान ९ बजे हुने भएको छ । आजको जितबाट उत्साहित टोली अर्को खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित मैदानमा उत्रिँदैछ ।

Himal dental
सम्बन्धित
Loading...