ghar sansar

काँग्रेस संस्थापन इतरको कञ्चनपुर ३ अधिवेशनमा महाधिवेशन प्रतिनिधि र क्षेत्रीय समितिका उम्मेदवारका लागि फाराम वितरण सुरु

khasi

महेन्द्रनगर । काँग्रेस संस्थापन इतरको १५ औं महाधिशन अन्र्तगत पार्टी कार्यालयमा जारी कञ्चनपुर ३ को क्षेत्रीय अधिवेशनमा महाधिवेशन प्रतिनिधि र क्षेत्रीय समितिका उम्मेदवारका लागि फाराम वितरण सुरु भएको छ ।

निर्वाचन समितिका अनुसार दिउँसो ३ बजेसम्म उम्मेदवारका फाराम वितरण हुने छन् । त्यसपछि फराम दर्ता सुरु हुने बताइएको छ ।

कञ्चनपुर ३ बाट १५ औं महाधिवेशनका लागि ३५ जना प्रतिनिधि निर्वाचित हुने छन् ।

dirghayi clinic

क्षेत्रीय समितिका सभापति, उप सभापति, सचिव सहित सदस्य अधिवेशनबाट निर्वाचित हुने छन् ।

काँग्रेस ३ को क्षेत्रीय अधिवेशनमा सात सय बढी मतदाता छन् । यस क्षेत्रमा भीमदत्तका १९, दोधारा चाँदनीका १० र बेदकोटका ८ नम्बर वडा गरी ३० वडा छन् ।

क्षेत्रीय अधिवेशन अन्र्तगत प्रदेश क र ख को प्रदेश समिति र प्रदेश प्रतिनिधि सर्वसम्मत भएका छन् ।

शनिबार दिउँसो दुबै प्रदेश समिति घोषणा गरिएको थियो ।

काँग्रेस निवर्तमान केन्द्रीय सदस्य पूर्व गृहमन्त्री रमेश लेखकले अधिवेशन उद्घाटन गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...