ghar sansar

सुदूरपश्चिममा बल्ल आयो ३७ अर्ब ७० करोडको बजेट

khasi

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३÷०८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आइतबार प्रदेशसभाको बैठकमा आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले वार्षिक बजेट प्रस्तुत गरेका हुन् ।

dirghayi clinic

चालु आर्थिक वर्ष सुरु भएको झण्डै तीन महिनापछि प्रदेश सरकारले बजेट ल्याएको हो । यसअघि नेपाली कांग्रेस नेतृत्वको सरकारले गत असार १ गते ३७ अर्ब ७० करोड रुपैयाँकै बजेट प्रस्तुत गरेको थियो। तर, बजेटसम्बन्धी विवादका कारण सरकार परिवर्तन भएपछि उक्त बजेट पारित हुन सकेको थिएन ।

अघिल्लो सरकारले प्रदेशसभामा पेस गरेका विनियोजन विधेयक र आर्थिक विधेयक फिर्ता लिने प्रस्ताव आइतबारको बैठकबाट स्वीकृत भएपछि नयाँ बजेट सार्वजनिक गरिएको हो ।

Himal dental
सम्बन्धित
Loading...