ghar sansar

१९ वर्षमै काँग्रेस क्षेत्रीय प्रतिनिधि भएकी एलिना चौधरी महाधिवेशन प्रतिनिधिमा उम्मेदवार, हुन सक्छिन् निर्विरोध

khasi

महेन्द्रनगर । काँग्रेस संस्थापन इतर समूहको १५ औं महाधिवेशनका लागि एलिना चौधरीले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएकी छन् ।

काँग्रेस पार्टी कार्यालयमा आइतबार चौधरीले नव युवा क्लस्टरबाट उम्मेदवारी दिएका हुन् । भीमदत्त नगरपालिका १८ बाट चौधरी क्षेत्रीय प्रतिनिधि भएकी थिइन् ।

काँग्रेस क्षेत्री प्रतिनिधिमध्ये चौधरी सबैभन्दा कम उमेरकी क्षेत्रीय प्रतिनिधि हुन् र। उनी १९ वर्षमै क्षेत्रीय प्रतिनिधि भएर महाधिवेशन प्रतिनिधि हुन उम्मेदवार भएका छन् ।

काँग्रेस विधान अनुसार नव युवा क्लस्टरबाट महिला सहित दुई जना महाधिवेशन प्रतिनिधि हुने भएका छन् ।

नव युवा क्लस्टरमा चौधरी सहित तीन जना उम्मेदवार भएका छन् । चौधरी बाहेक अन्य दुई जना सञ्जय अधिकारी र चन्द्रकान्त जोशी उम्मेदवार छन् ।

dirghayi clinic

चौधरी निर्विरोध महाधिवेशन प्रतिनिधि हुने सम्भावना भएको नेताहरु बताउँछन् ।

‘दुई जना पुरुषबीच प्रतिस्पर्धा हुन्छ, महिलाको हकमा एकल उम्मेदवारी भएकाले प्रतिस्पर्धा हुँदैन, निर्विरोध हुने अवस्था छ’ निर्वाचन समितिका सदस्यहरुले भने ।

वडा अधिवेशनबाट चौधरी सर्वसम्मत क्षेत्रीय प्रतिनिधि भएकी हुन् । वडा समिति र क्षेत्रीय प्रतिनिधि सबै सर्वसम्मत चयन भएका छन् ।

भीमदत्त नगरपालिका १८ भगतपुरकी उनी सुदूरपश्चिम विश्वविद्यालय व्यवस्थापन संकाय चौथो सेमेस्टरमा अध्ययनरत सछन् ।

स्नातक तह अध्यनरत उनी राजनीतिमा सक्रिय भएर सामाजिक सेवा गर्ने सोच बनाएर आएको बताउँछिन् ।

विश्वविद्यालय अध्ययन गर्न थालेपछि राजनीतिमा लाग्ने सोच आएको उनले बताइन् । ‘पढाईसंगै राजनीतिलाई पनि सामाजिक सेवाको रुपमा अँगाल्दै अगाडि बढ्न चाहन्छु’ उनी भन्छिन् ।

विश्वविद्यालयमा उनी युथ म्यापर्सको सचिव छन् । राजनीतिमा युवा आउनु पर्ने आवश्यकता भएको चौधरीले बताइन् ।

Himal dental
सम्बन्धित
Loading...