

महेन्द्रनगर । भीमदत्त नगरपालिका–१ का वडा अध्यक्ष आसेफ कुँवर (भुन्टु) ले वडाका ज्येष्ठ नागरिक र अशक्त अपाङ्गता भएका व्यक्तिलाई आफ्नो सेवा सुविधा वितरण गरेका छन् ।
आइतबार वडा अध्यक्ष कुँबरले वडा कार्यालयमा उनीहरुलाई सेवा सुविधा बाँडेका हुन् । कुँबरले सुरुदेखि आफूले सुविधा ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई प्रदान गर्दै आएका छन् ।

यस पटक पनि घटस्थापनाको अवसर पारेर एक सय ६१ जनालाई सुविधा बाँडेका छन् । उनी २०७४ सालमा पहिलो पटक वडा अध्यक्षमा निर्वाचित भएका कुँवर २०७९ सालमा दोस्रो पटक पनि निर्वाचित भएका थिए ।
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरका एक वडाध्यक्षले निरन्तर भत्ताको रकम जेष्ठ नागरिकलाई वितरण गर्दै आएका छन ।
भीमदत्त नगरपालिका १ का वडाध्यक्ष आसेफ कुँवर(भुन्टु)ले विगत १० बर्षदेखि निरन्तर भत्ताको रकम जेष्ठ नागरिकलाई वितरण गर्दै आएका हुन् ।
‘मैले चुनावका बेला जनतासंग गरेको बाचा अनुरुप राज्यबाट पाउने रकम हरेक बर्ष ७० वर्ष माथिका ज्येष्ठ नागरिक र अति असक्तलाई दामाशाही हिसाबले रकम वितरण गर्दै आएको छु,’ उनmले भने, हरेक महिना पाउने २२ हजार ४७० रुपैया पुरै जेष्ठ, अशक्त र असाहय नागरिकलाई दशैँ अघि वितरण गर्दै आएको छुु ।’
