ghar sansar

कञ्चनपुरमा सकियो सत्तारुढ रास्वपाको ‘हामी आउँदैछौ’अभियान, बैतडीका साँसद भण्डारी सहितका नेताहरु भए सहभागी

khasi

महेन्द्रनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कञ्चनपुरले सबै स्थानीय तहमा सञ्चालन गरेको ‘हामी आउँदैछौँ’ अभियान सम्पन्न गरेको छ ।

असोज २१ गतेदेखि २४ गतेसम्म पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र जनतासँग नजिक बनाउन अभियान सञ्चालन गरिएको रास्वपा कञ्चनपुरका सह सचिव यज्ञराज जोशीले बताए ।

रास्वपाले अभियानका लागि बैतडीका साँसद हरि मोहन भण्डारीलाई कञ्चनपुर जिम्मेवारी दिएको थियो ।

साँसद भण्डारी सहित नेताहरु सहभागी भएर सबै ९ ओटै स्थानीय तहमा कार्यक्रम गरिएका छन् ।

अभियानमा भण्डारी सहित रास्वपा सुदूरपश्चिम प्रदेश सभापति इन्जिनियर प्रकाश बिष्ट, प्रदेश सह महामन्त्री पारस बाहुन तथा कञ्चनपुरका जिल्ला पदम बहादुर बिष्ट, उप सभापति भागरथी कुमारी बडाल, सचिव राकेश चन्द, सह सचिव यज्ञराज जोशी र कोषाध्यक्ष हेमराज पाण्डेय लगायत नेता सहभागी भएका छन् ।

dirghayi clinic

जिल्लाका ९ ओटै स्थानीय तहमा आयोजित कार्यक्रम मार्फत स्थानीय नागरिकका समस्या, आवश्यकता र अपेक्षाहरू बुझ्ने, पार्टीका सदस्य तथा स्थानीय संगठनसँग प्रत्यक्ष भेटघाट र अन्तरक्रिया गर्ने कार्य गरिएको थियो।

जनताका आवाजलाई पार्टीको नीति, योजना र कार्यदिशासँग जोड्दै संगठन विस्तार र सुदृढीकरणका विषयमा छलफल गरिएको जिल्ला सह सचिव जोशीले बताए ।

अभियानका क्रममा ‘क्यान्डिडेट क्लब’ तथा उम्मेदवार छनोट प्रक्रियाबारे समेत जानकारी गराइएको छ । ‘यसले स्थानीय तहमा संगठन विस्तार, पार्टी सदस्यहरूबीच आपसी समन्वय र सहकार्य अभिवृद्धि तथा जनतासँगको सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ’ सह सचिव जोशीले भने ।

अभियानले पार्टीका सदस्यहरूलाई थप सक्रिय बनाउनुका साथै स्थानीय तहमा संगठनको अवस्था बुझ्न, आगामी कार्ययोजना निर्माण गर्न र जनताका अपेक्षाअनुसार पार्टीका गतिविधि सञ्चालन गर्न आधार तयार गरेको जोशीले बताए ।

‘रास्वपाको यस अभियानले सुदृढ संगठन, सक्रिय सदस्यता र जनतासँगको निरन्तर संवाद नै राजनीतिक परिवर्तनका बलिया आधार हुन् भन्ने सन्देश दिएको छ’ उनले भने, ‘जनताका समस्या सुन्ने मात्र नभई तिनलाई बुझेर समाधानका लागि जिम्मेवार पहल गर्ने प्रतिबद्धतासहित कञ्चनपुरमा अभियान सम्पन्न गरेका छौ ।’

     

Himal dental
सम्बन्धित
Loading...