ghar sansar

जंगलमा लगेर एक जनामाथि हतियार देखाउँदै कुटपिट गर्ने पाँच जना पक्राउ, अपहरण, शरिर बन्धक र ज्यान मार्ने उद्योग लगायत कसुरमा अनुसन्धान सुरु

khasi

महेन्द्रनगर । बेलौरी नगरपालिकाका एक जनालाई जङ्गलमा लगेर हतियार देखाएर कुटपिट गरेको भन्दै पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्ने सबै बेलौरी नगरपालिका ९ रतनपुरका छन् ।

चार दिन शुक्रबार उनीहरुले स्थानीय एक जनालाई रतनपुरको खजुवा जंगलमा लगेर धारिलो हतियार देखाएर धाकधम्की र कुटपिट गरेका थिए ।

ती व्यक्तिलाई धाकधम्की दिँदै गरेको भिडियो सामाजिक सञ्जालबाट बाहिर आएको छ ।

dirghayi clinic

जंगलमा लगेर कुटपिट र धाकधम्की दिएको जानकारी घट्नाको अर्को दिन शनिबार प्रहरीमा आएको थियो ।

इलाका प्रहरी कार्यालय बेल्डाँडीमा जानकारी आएपछि प्रहरी टोली परिचालन भएको थियो । प्रहरीले घट्नामा संलग्न पाँच जनालाई पक्राउ परेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा आशिष विष्ट, दिलिप भट्ट, शंकर सुनार, सुजित अधिकारी र मिलन तिरुवा छन् । उनीहरु सबै रतनपुरका हुन् ।

पक्राउ परेका उनीहरु सबैमाथि अपहरण, शरिर बन्धक, ज्यान मार्ने उद्योग र अपमानजनक तथा अमानवीय कसुरमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी टेक बहादुर रावतले बताए ।

Himal dental
सम्बन्धित
Loading...