ghar sansar

काँग्रेस संस्थापन इतरले कञ्चनपुरमा सर्वसम्मत बनाउन खोज्दैछ महाधिवेशन प्रतिनिधि, पार्टी कार्यालय बोलाएर नेताहरुले सुने उम्मेदवारका धारणा

khasi

महेन्द्रनगर । काँग्रेस संस्थापन इतरले कञ्चनपुर ३ मा महाधिवेशन प्रतिनिधिका लागि सहमति खोज्न सोमबार सबै उम्मेदवारसित पार्टी कार्यालयमा छलफल गरेको छ ।

१५ औं महाधिवेशनका लागि कञ्चनपुर ३ बाट ३५ प्रतिनिधि चयन हुने छन् । आइतबार ३५ प्रतिनिधिका लागि ८४ जनाको उम्मेदवारी परेको थियो ।

महाधिवेशन प्रतिनिधि सर्वसम्मत बनाउन सोमबार सबै उम्मेदवारलाई पार्टी कार्यालय बोलाएर छलफल गरिएको छ ।

पूर्व गृह मन्त्री रमेश लेखक, जिल्ला सभापति पदम बोगटी सहितका नेताहरु सहभागी भएका छन् ।

महाधिवेशन प्रतिनिधिका उम्मेदवारले पालैपालो आफ्ना धारणा राखेका छन् । अधिकाँश उम्मेदवारले आफूहरु महाधिवेशन प्रतिनिधि हुने चाहना राखेका छन् ।

केहीले मात्रै सहमतिका लागि आफूहरु पछि हट्न सक्ने बताएका छन् ।

काँग्रेस कञ्चनपुरका सचिव भीमराज भट्टले महाधिवेशन प्रतिनिधि सर्वसम्मत बनाउन प्रयास थालिएको र त्यसै अन्र्तगत पार्टी कार्यालयमा छलफल गरिएको बताए ।

जिल्ला सभापति बोगटी र सचिव भट्ट दुबै महाधिवेशन प्रतिनिधिका उम्मेदवार छन् ।

काँग्रेस नेताहरुका अनुसार खुला र महिला खुलामा धेरै उम्मेदवार भएकाले सर्वसम्मत गराउन असहज अवस्था आएको हो ।

१४ खुलाका लागि ३७ जना उम्मेदवार भएका छन् । उनीहरुमा प्रेम प्रकाश भट्ट, गंगादत्त भट्ट, बिष्णु बहादुर सिह, गोकुल राज जोशी, माधव प्रसाद भट्ट, हरि प्रसाद भट्ट, कृष्णदत्त पनेरु, गोपालदत्त भट्ट, कर्ण बहादुर विष्ट, पदम बोगटी, डम्बर बहादुर चन्द, आशिफ कुँबर भुन्टु, छन् ।

dirghayi clinic

महाधिवेशन प्रतिनिनिधिका लागि पदमराज बोहरा, नर बहादुर साउँद, राजेश कुमार ठकुराठी, महेश चन्द, आशिस कुमार खत्री, गोकर्ण बहादुर चन्द, गणेश भट्ट, डम्बर साउँद, करुणाकर पनेरु, दुर्गा प्रसाद जोशी, श्याम सुन्दर ठकुराठी, उदय प्रकाश साउँद, धरम सिह रावल र अमर बहादुर मल्लले पनि खुलामा उम्मेदवारी दिएका छन् ।

यसैगरी खुला (महिला) मा गंगादेबी जोशी, धनसरा चन्द, लक्ष्मी कार्की, जोत्सना कुमारी विष्ट, सुशिला स्वाँर, सिता कुमारी भण्डारी, निर्मला सापकोटा भट्ट, चन्द्रा भण्डारी, मिना ठगुन्ना, शारदा विश्वकर्मा र निलम लेखक जोशी महाधिवेशन प्रतिनिधि उम्मेदवार छन् ।

खस आर्यमा ईश्वरी दत्त जोशी, प्रकाश चन्द, अफिलाल जोशी, भीमराज भट्ट, पुस्कर बहादुर सिंह, प्रकाश दत्त भट्ट र प्रकाश दत्त जोशीको उम्मेदवारी परेको छ ।

यसैगरी महिलामा मधुदेबी भारती, नितु भट्ट, रमिता शाही देउवा र यशोदा खड्का उम्मेदवार भएका छन् ।

दलितमा मदनलाल सुनार र रमेश दयाल उम्मेदवार छन् । थारुमा थारु जग बहादुर चौधरी उम्मेदवार भएका छन् । बेदप्रकाश चौधरी र राम सोगारथ ठाकुर समावेशीमा उम्मेदवार छन् ।

समावेशी आदिवासी पशुपति थापा मगरको एकल उम्मेदवारी परेको छ । १८–२८ नव युवामा एलिना चौधरी, सञ्जय अधिकारी र चन्द्रकान्त जोशीले उम्मेदवारी दिएका छन् ।

४० वर्ष मुनिका युवामा बिनोद बडु, बिक्की नेगी, कैलाश चन्द, प्रेम बहादुर कार्की, माधव प्रसाद भट्ट, राज सिह पुजारा, विशाल खत्री, मन्जु कुँबर, भागरथी विष्ट र लक्ष्मी भट्ट थापा उम्मेदवार छन् ।

विज्ञ श्रमिकमा लालमनी पाण्डेय, दिलु प्रसाद बोहरा र टेक बहादुर कडायतले उम्मेदवारी दर्ता गराएका छन् ।

अशोक बहादुर चन्द, संगिता साउँद र सिद्धराज पन्तले अपाङ्गतामा उम्मेदवारी दिएका छन् ।

प्रजातन्त्र सेनानीमा खेमराज पैतोला, मथुरा पन्त, कलक बहादुर सिंह, अमर बहादुर विष्ट र देब बहादुर जोराको उम्मेदवारी छ ।

यसैगरी महाधिवेशन प्रतिनिधिको अन्यमा चक्र महता, दिल बहादुर सिजाली र मनसा डगौरा उम्मेदवार भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...