

महेन्द्रनगर । निर्माण व्यवसायी संघ कञ्चनपुरले दशैं तिहारका लागि आयोजना गर्ने शुभ कामना आदानप्रदान कार्यक्रममा समेत विवादित भएको छ ।
संघका महासचिव देबीदत्त भट्टले शनिबार दिउँसो २ बजे संघको सभा कक्षमा शुभ कामना आदानप्रदान कार्यक्रममा सहभागिताका लागि सूचना सार्वजनिक गरेका थिए ।
महासचिव भट्टले जारी सूचनामा संघका पदाधिकारीले सामाजिक सञ्जालबाट असन्तुष्टि पोखेपछि शुभ कामना आदानप्रदान कार्यक्रमको विवाद छताछुल्ला भएको हो ।
वरिष्ठ उपाध्यक्ष देब बहादुर चन्दले फेसबुकबाट महासचिव भट्टले कार्य समितिको निर्णय विपरित कार्यक्रम राखेको भन्दै स्टयाटश लेखेर असन्तुष्टि पोखेका थिए ।


सात घण्टा अघि चन्दले स्टयाटस लेखेपछि समितिका सदस्यले त्यस सहमति जनाउँदे कमेन्ट लेखेका छन् ।
अहिले पनि ती कमेन्ट फेसबुकमा छन् । वरिष्ठ उपाध्यक्ष चन्द आफैंले पनि शुभ कामना आदानप्रदान कार्यक्रम गर्न पर्ने र कार्य समितिको निर्णयबाट गरिएको भए राम्रो हुने कमेन्ट गरेका छन् ।
२०८२ भदौमा संघको १५ औं अधिवेशनबाट पुष्पराज अवस्थी अध्यक्षमा निर्वाचित भएका थिए । निर्वाचनमा अवस्थी प्यानलका वरिष्ठ उपाध्यक्ष चन्द र सह कोषाध्यक्ष हेम बहादुर महरा बाहेक सबै उम्मेदवार निर्वाचित भएका थिए ।
अध्यक्ष अवस्थी र निवर्तमान अध्यक्ष निरञ्जन प्रसाद भट्टका दुई प्यानल चुनाव लडेका थिए । चन्द र महरा दुबै भट्ट प्यानलका निर्वाचित भएका थिए ।
१५ औं महाधिवेशनपछि संघमा चुनाव लडेका दुबै प्यानलको लडाई सुरु भएको हो । अहिले शुभ कामना आदानप्रदानसम्म त्यहीं चुनावी प्रतिस्पर्धाको लडाई पुगेको छ ।
दुबै पक्षबीच लडाईमा निर्वाचित सह कोषाध्यक्ष महराले पद गुमाई सकेका छन् । संघका महासचिव भट्ट अवस्थी प्यानलका हुन् । सह कोषाध्यक्ष महरालाई पदबाट हटाउने नहटाउने विवाद अदालतसम्म पुगेको थियो ।
