ghar sansar

शुक्लाफाँटामा वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु

khasi

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका–७ जुडामा आइतबारदेखि खुला वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ। शुक्लाफाँटा युवा क्लबको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको नगरप्रमुख रणबहादुर महराले उद्घाटन गरेका हुन् ।

प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख महराले युवालाई दुव्र्यसनबाट जोगाउन खेलकुदलाई अभियानका रूपमा अघि बढाइएको बताए। नगरपालीका लागूऔषधको ट्रान्जिट प्वाइन्टका रूपमा रहेको चर्चा गर्दै युवालाई सकारात्मक गतिविधिमा सहभागी गराउन खेलकुद प्रभावकारी माध्यम बन्न सक्ने उनको भनाइ थियो ।

उनले जुडास्थित खेलमैदानको स्तरोन्नति र व्यवस्थापनका लागि आवश्यक समन्वय गर्न नगरपालिका तयार रहेको बताए ।

मध्यवर्ती क्षेत्रसँग समन्वय गरी काम अघि बढाउनुपर्नेमा उनले जोड दिए। मैदानको विकासका लागि मध्यवर्ती क्षेत्रबाट आवश्यक ‘नो अब्जेक्सन लेटर’ प्राप्त भए खेलकुदका पूर्वाधार निर्माणमा सहयोग गर्ने उनले बताए ।

dirghayi clinic

नगर खेलकुद समितिका अध्यक्ष चक्र बहादुर साउदले नगरमा खेलकुदको विकास र खेलाडीको क्षमता अभिवृद्धिका लागि आफूहरू प्रतिबद्ध रहेको बताए ।

सुनदेवी मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष भरत बहादुर विष्टले खेलाडीका लागि अनुशासन सबैभन्दा महत्त्वपूर्ण पक्ष भएको उल्लेख गर्दै खेलकुदमा अनुशासनलाई प्राथमिकता दिनुपर्ने बताए ।

शुक्लाफाँटा उद्योग वाणिज्य सङ्घका महासचिव दीपक भट्टले खेलमैदानको दुरवस्थाप्रति ध्यानाकर्षण गराउँदै यसको सुधार र व्यवस्थित सञ्चालनका लागि सम्बन्धित निकायले पहल गर्नुपर्ने बताए ।

समाजसेवी सुरेन्द्र जोशीले पनि खेलकुद गतिविधिले युवालाई सकारात्मक कार्यमा जोड्न सहयोग पुग्ने धारणा राखे ।

उद्घाटन कार्यक्रम क्लबका अध्यक्ष केशवसिंह ठगुन्नाको सभापतित्वमा सम्पन्न भएको थियो । क्लबका सचिव मुकेशबहादुर सिंहले स्वागत मन्तव्य राखेको कार्यक्रममा पूर्ववडाध्यक्ष, समाजसेवी, युवा तथा खेलाडीको सहभागिता थियो।

प्रतियोगितामा नगर क्षेत्रका १५ टोली सहभागी छन् । प्रतियोगिताको विजेता टोलीले ७० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँसहित ट्रफी तथा मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ ।

त्यस्तै, उत्कृष्ट खेलाडीले ट्रफीसहित तीन हजार रुपैयाँ तथा उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानले जनही ट्रफीसहित एक हजार पाँच सय रुपैयाँ पुरस्कार पाउनेछन् ।

 

Himal dental
सम्बन्धित
Loading...