

महेन्द्रनगर । सुदूरपश्चिम सरकारका आर्थिक मामिला मन्त्री चक्र मल्लले सदनमा बजेट प्रस्तुत गरेपछि आलोचना सुरु भएको थियो ।
आर्थिक मामिला मन्त्री मल्लको सत्ता साझेदार दल एमालेका साँसद बीर बहादुर थापाले राजीनामा दिएका थिए ।
सामाजिक सञ्जालमा सत्तारुढ नेकपा र सत्ता साभेदार एमालेका नेता कार्यकर्ताका विरोधले सामाजिक सञ्जाल भरिएका थिए ।
सत्तारुढ नेकपाभित्र असन्तुष्टि साम्य हुँदै गयो भने एमालेभित्र असन्तुष्टि बल्झियो । साँसद थापाले आफ्नो पद नै गुमाए ।
प्रदेश सरकारको बजेटलाई लिएर विरोध भएका बेला एमाले नेता रण बहादुर महराले अर्थमन्त्री चक्र मल्ल सम्भावना भएका नेता भएको र त्यस अनुसारको बजेट भने ल्याउन नसकेको भन्दै सामाजिक सञ्जालमा धारणा राखेका थिए ।
मन्त्री मल्ल आफैले पनि सदनमा आफूले चौतर्फी ट्रयापमा परी बजेट ल्याएको बताएका थिए । तलदेखि माथिसम्म सबै बिचौलियाको घेराबन्दी पार गरी बजेट ल्याएको उनको भनाई थियो ।



काँक्रा र बियाको उदाहरण दिँदै उनले मुख्यमन्त्री खगराज भट्ट र आफ्नो मुखमा बिया मात्रै लागेको र काक्रा अरुले नै खाएको सदनमा बताएका थिए । त्यसपछि बजेट सदनबाट पारित भएको थियो ।
सुदूरपश्चिम सरकारको बजेट पारित भएपछि बाहिर आएको बजेट पुस्तिका हेर्दा आर्थिक मामिला मन्त्री मल्लले चोखिन मात्रै सदनमा बिचौलियामाथि खनिएको देखिएको छ ।
आर्थिक मन्त्री मल्लले आफ्नो गृह जिल्ला डोटीमा आफुनो पद अनुसार बजेट हालेका छन् ।
बजेट निर्माणमा सरुवा भएर अर्थ सचिवलाई जिम्मा दिएर उनी विवादमा तानिएका थिए ।
्डोटीको सुदूरपश्चिम अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान पुन्नालाई मात्रै डेढ दर्जन शीर्षकमा बजेट हालिएको छ ।
यो प्रतिष्ठानले सुदूरपश्चिमभरि तालिमहरु सञ्चालन गर्दै आएको छ । बजेट पुस्तिकामा १६ योजनाका लागि बजेट विनियोजन गरिएको छ ।
यस अघि मल्लले एमाले प्रमुख सचेतक हुँदा सरकारको बजेटमाथि पनि प्रश्न उठाएका थिए । २०८३ असारमा सुदूरपश्चिम सरकारले ल्याएको बजेटमा एमाले सांसदहरूले खर्च कटौती प्रस्ताव दर्ता गर्दा मल्लले भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा खर्च कटौती प्रस्ताव दर्ता गरेका थिए ।
तत्कालिन काँग्रेस नेतृत्वको सरकारले बजेट ल्याएको थियो् ।
एमाले कांग्रेसबचि सत्ता समीकरण बदलिएपछि उनी नेता खगराज भट्ट नेतृत्वको सरकारमा आर्थिक मामिला मन्त्री भएका थिए ।
