ghar sansar

महेन्द्रनगरका व्यवसायी मिश्रले इटलीबाट कल्पवृक्ष मगाएर विष्णु धाममा रोपे

khasi

महेन्द्रनगर । व्यवसायी देबराज मिश्रले बिष्णु मन्दिरधाममा कल्प वृक्ष रोपेका छन् । दशैको अवसर पारी सोमबार मन्दिरमा बिरुवा रोपेका छन् । मिश्रले इटलीबाट कल्प बृक्षको बिरुवा मगाएका हुन् ।

महेन्द्रनगरस्थित एक निजी बैंकका शाखा प्रबन्धकसित सम्पर्क राखेर बिरुवा मगाएका हुन् ।

इटलीबाट ल्याएका तीन बिरुवा मध्ये एउटा बिरुवा बिष्णु मन्दिर धाममा लगाइएको छ । अन्य दुई बिरुवा पहाडतिर पठाइएको मिश्रले बताए ।

dirghayi clinic

मिश्र हार्डवेयर निर्माण व्यवसायी संघ कंचनपुरका अध्यक्ष हुन् । नेपाल बिद्युत प्राधिकरण महेन्द्रनगर बितरण केन्द्र अगाडि मिश्रको कारोबार छ ।

समान्यत यो अफ्रिकी मूलको विशेष रूख हो जुन आफ्नो असामान्य बनोट दीर्घ आयु र औषधीय गुणका कारण विश्वभर परिचित छ ।

हिन्दू धर्ममा भने यस वृक्षलाई एक पवित्र दिव्य र इच्छा पूर्ति गर्ने वृक्षको रूपमा लिईन्छ । कल्प शब्दको अर्थ हुन्छ इच्छा वृक्ष को अर्थ रूख यसरी कल्पवृक्ष भन्नाले इच्छा पूर्ति गर्ने वृक्ष जनाउँछ ।

पौराणिक ग्रन्थहरूमा उल्लेख अनुसार समुद्र मन्थनका बेला प्राप्त १४ अमूल्य वस्तुमध्ये कल्पवृक्ष एक हो जसलाई इन्द्र देवले स्वर्गमा रोपेका थिए । 

Himal dental
सम्बन्धित
Loading...