

महेन्द्रनगर । पूर्व गृहमन्त्री रमेश लेखक र भीमदत्तका मेयर पदम बोगटीले आफ्नो सचिवालयका एक एक जनालाई महाधिवेशन प्रतिनिधि बनाएका छन् ।
काँग्रेस संस्थापन इतर समूहको १५ औं महाधिवेशनका लागि शनिबार चयन गरिएका महाधिवेशन प्रतिनिधिमा उनीहरु सूचीमा समावेश गरिएका छन् ।
पूर्व गृहमन्त्री लेखकको सचिवालयका ईश्वरी जोशी र मेयर बोगटीको सचिवालयका चक्र महता महाधिवेशन प्रतिनिधि भएका छन् ।
लेखक गृह मन्त्री हुँदा जोशी स्वकीय सचिव थिए । उनी खस आर्यबाट महाधिवेशन प्रतिनिधि भएका छन् ।
काँग्रेस कञ्चनपुरका पूर्व जिल्ला सदस्य महता मेयर बोगटीको सचिवालयमा छन् । उनी अन्यबाट महाधिवेशन प्रतिनिधि भएका छन् ।
भीमदत्त नगरपालिकाको बेबसाइडमा महताको पद कार्यालय सहायक छ । मेयर बोगटीले उनलाई प्रेस सल्लाहकार भन्दै सचिवालयमा राखेका थिए ।
काँग्रेसको १५ औं महाधिवेशनका लागि असोज २३ गते महाधिवेशन प्रतिनिधिको उम्मेदवारी दर्ता भएको थियो ।
तीन सातापछि शनिबार महाधिवेशन प्रतिनिधि टुङ्गो लागेको छ । पूर्व गृहमन्त्री रमेश लेखक र मेयर बोगटीले सबै उम्मेदवारसित छलफल गरी सहमतिमा टुङ्गो लगाएका हुन् ।
पूर्व गृहमन्त्री लेखक पुख्र्यौली जिल्ला बैतडीबाट फर्केपछि फेरि छलफल थालिएको थियो ।
लेखक निवासमा छलफल जारी गरी जिल्ला सभापति एबम् मेयर बोगटीको नेतृत्वमा सहमतिका लागि समिति गठन गरिएको थियो ।

बोगटी नेतृत्वको समितिले आफ्नो सचिवालयका पूर्व पत्रकार महतालाई महाधिवेशन प्रतिनिधि बनाएका हुन् ।
पूर्व गृहमन्त्री लेखकको सचिवालयका पत्रकार चन्द्रकान्त जोशी भने उम्मेदवारी फिर्ता लिएर काठमाडौ हिँडेका छन् ।
लेखक गृहमन्त्री हुुँदा जोशीले सचिवालयमा प्रेस सम्बन्धि काम हेर्ने गरेका थिए । जोशीले छाडेपछि विद्यार्थी सञ्जु अधिकारी महाधिवेशन प्रतिनिधि भएका छन् ।
रमेश लेखकको सचिवालयमा भएका कारण जोशीलाई नेपाल पत्रकार महासंघ कञ्चनपुरको अधिवेशनमा सह सचिवमा चुनाव हारेका थिए ।
एमालेको चौतारी र काँग्रेसको युनियन सहित गठबन्धन भएर महासंघमा चुनाव लडेका थिए ।
काँग्रेसका पूर्व मन्त्री एनपी साउँदका सहोदर दाई उदयप्रकाश साउँद पनि महाधिवेशन प्रतिनिधि भएका छन् । उनी पूर्व प्रधानाध्यापक हुन् ।
भमिदत्तका मेयर बोगटी सहित उप मेयर निलम लेखक जोशी, पूर्व राज्यमन्त्रस् मधुदेबी भारती र दोधारा चाँदनीका उप मेयर गंगा जोशी स्वतः महाधिवेशन प्रतिनिधि भएका थिए ।
काँग्रेस सुदूरपश्चिम सह महामन्त्री गोपाल दत्त भट्ट, दुर्गा प्रसाद जोशी, कृष्ण दत्त पनेरू, ाअसिफ कुँवर (भुन्टु), गोकुल राज जोशी, महेश चन्द, प्रेम प्रकाश भट्ट, गंगा दत्त भट्ट, उदय प्रकाश साउँद र राजेश ठकुराठी पुरुष खुलाबाट महाधिवेशन प्रतिनिधि भएका छन् ।
महिला खुलामा धनसरा चन्द, चन्द्रा भण्डारी, मीना कुवर र सीता भण्डारी चयन भएका छन् ।
काँग्रेसका जिल्ला सचिव भीम राज भट्ट, ईश्वरी प्रसाद जोशी, पुष्कर बहादुर सिंह, प्रकाश दत्त जोशी खस आर्यबाट महाधिवेशन प्रतिनिधि भएका छन् ।
खस आर्य महिलामा रमिता देउवा, नितु कुमारी भण्डारी (भट्ट) र यशोदा खड्का खत्री चयन भएका छन् ।
यसैगरी पशुपति थापा मगर, मदन लाल सुनार, जग बहादुर चौधरी, बिक्की नेगी, लक्ष्मी भट्ट थापा, अशोक बहादुर चन्द, अम्बर बहादुर विष्ट, मथूरा भट्ट पन्त, लालमणि पाण्डेय, टेक बहादुर कठायत, एलिना चौधरी, सञ्जय अधिकारी, वेद प्रकाश चौधरी, राम स्वगारथ ठाकुर हजाम, संगिता साउँद, दिल बहादुर सिजाली र चक्र महता महाधिवेशन प्रतिनिधि भएका छन् ।
