ghar sansar

काँग्रेस संस्थापन इतरले तीन साता लगाएर कञ्चनपुर ३ मा छान्यो महाधिवेशन प्रतिनिधि

khasi

महेन्द्रनगर । काँग्रेस संस्थापन इतरले १५ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि टुङ्गो लगाएको छ ।

काँग्रेसको १५ औं नियमित महाधिवेशन अन्र्तगत असोज २३ गते कञ्चनपुर ३ को क्षेत्रीय अधिवेशनमा महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दर्ता गरिएको थियो ।

महाधिवेशन प्रतिनिधि उम्मेदवारी दर्ता गरिएको तीन सातापछि शनिबार महाधिवेशन प्रतिनिधि टुङ्गो लागेका छ ।

महाधिवेशन प्रतिनिधि चयन ढिलो भएपछि आइतबार तोकिएको जिल्ला अधिवेशन अनिश्चितकालन स्थगित हुन पुगेको छ ।

काँग्रेस कञ्चनपुर ३ बाट ३८ प्रतिनिधिका लागि ८६ जनाले उम्मेदवारी दिएका थिए ।

उनीहरुमध्ये काँग्रेस केन्द्रीय सर्कुलर अनुसार चार जना जनप्रतिनिधि स्वतः महाधिवेशन प्रतिनिधि भएका थिए । केही नेता निर्विरोध भएका थिए ।

महाधिवेशन प्रतिनिधिका लागि पुरुष खुलामा सबैभन्दा बढी उम्मेदवार थिए । सहमतिका आधारमा प्रतिनिधि चयन गर्नका लागि तीन सातासम्म लम्बिएको हो ।

dirghayi clinic

दशैं तिहारका कारण अधिवेशन स्थगित गरिएकोमा त्यसपछि फेरि सुरु गरिएको थियो ।

काँग्रेसको निर्वाचन समितिका संयोजक नरेन्द्र सिह भण्डारीले सर्वसम्मत भएर महाधिवेशन प्रतिनिधि चयन भएको जानकारी दिए ।

महाधिवेशनमा सर्वसम्मत गराउन पूर्व गृह मन्त्री रमेश लेखक सहित नेताहरु सक्रिय भएर लागेका थिए ।

महाधिवेशन प्रतिनिधिमा सहमति गराउन काँग्रेस कञ्चनपुरका सभापति पदम बोगटीको संयोजकत्वमा समिति चयन गरिएका थियो ।

क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय सभापति केशव चन्द र प्रदेश क मा दिपेन्द्र विष्ट र ख मा बिरेन्द्र चन्द सर्वसम्मत भएका थिए ।

काँग्रेस कञ्चनपुरका उप सभापति मिन बहादुर सिंहले वडादेखि महाधिवेशन प्रतिनिधिसम्म सबै सर्वसम्मत चयन गरिएको बताए ।

Himal dental
सम्बन्धित
Loading...