Sarsoti

आफ्नै क्षेत्रको अर्थमन्त्री हुँदा पनि हेपियो महाकाली अस्पताल, सेतीलाई १० शैय्या दिँदा महाकालीलाई ५ मात्रै डायलोसिस शैय्या

lotus institute

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारले डायलोसिस सेवा विस्तारका लागि शैयय थपमा फेरि महाकाली प्रादेशिक अस्पतालाई हेला गरिएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटमा महाकाली भन्दा सेती प्रादेशिक अस्पताल दोब्बर डायलोसिसका लागि थप शैया थपेर सेवा विस्तार गर्न लागेको हो ।

आगामी आर्थिक वर्षको बजेटमा सेती प्रादेशिक अस्पतालमा १०, महाकाली प्रादेशिक अस्पातलमा ५ र टिकापुर उप प्रादेशिक अस्पतालमा ३ शैया थप्ने उल्लेख गरिएको छ ।

morning glory
Mahendranagar

सेती प्रादेशिक अस्पतालमा डायलोसिस सेवा यस अघिदेखि सञ्चालनमा छ । सुदूरपश्चिम प्रदेश सरकारका अर्थमन्त्री प्रकाश रावलले आगामी वर्षको बजेटमा पनि सेतीलाई प्राथमिकता दिएका छन् ।

महाकाली प्रादेशिक अस्पताल अर्थमन्त्री रावलको गृह नगरमा पर्छ । सुदूरपश्चिम प्रदेशका एकै समयमा स्थापना गरिएका दुई अस्पतालमध्ये महाकालीलाई प्रदेश सरकार सुरुदेखि पछाडि पार्दै आएको थियो ।

अहिले आफ्नै गृह नगरका अर्थमन्त्री हुँदा समेत महाकाली अस्पताल डायलोसिस सेवाका लागि चाहिने शैय्या थपमा पछाडि पारेको छ । यस अघि प्रदेश सरकारले महाकालीलाई प्रादेशिक बनाउन आनाकानी गरेको थियो । महाकाली अञ्चल अस्पताल समेत हटाएर प्रदेश सरकारले महाकाली अस्पताल मात्रै बनाएको थियो ।

अर्थमन्त्री रावलका पार्टी एकीकृत समाजवादीका नेता लाल बहादुर खड्का मन्त्री भएपछि उनले महाकालीलाई प्रादेशिक बनाएका थिए ।

saark school
सम्बन्धित
Loading...