एमालेका युवा नेता बोकटीले भने– संशोधन प्रस्तावले विश्वविद्यालयलाई ध्वस्त गर्छ

महेन्द्रनगर । नेकपा एमालेका युवा नेता हरिश बोकटीले शिक्षक कर्मचारीलाई स्वतः स्थायी गर्ने प्रस्तावले सुदूरपश्चिमाञ्चल विश्वविद्यालय ध्वस्त हुने बताएका छन् । उनले यो प्रस्ताव विश्वविद्यालयलाई डम्पिङ्ग साइट बनाउन ल्याएको चिन्ता समेत व्यक्त गरेका छन् ।

deepak

नेता बोकटीले फेसकुकमा संशोधन प्रस्तावको विरोध गर्दै भ्रष्ट काँग्रेस मुक्त समाजको आवश्यकता रहेको उल्लेख गरेका छन् । विश्वविद्यालयका उपलकूलपति प्रा.डा. अम्मराज जोशी काँग्रेस कोटामा नियुक्त भएका हुन् ।

उनी प्रधानमन्त्री शेर बहादुर देउवाका विश्वासिला मानिन्न् । विश्वविद्यालयका उपकूलपति देउवाको अध्यक्षतामा दिउँसो १ बजे बस्ने बैठकमा उपकूलपति जोशीले शिक्षक कर्मचारी स्वतः स्थायी हुने प्रस्ताव लैजाने तयारी गरेका छन् ।

सम्बन्धित
Loading...