ghar sansar

पत्रकार पक्राउ गरी हिरासतमा राखिन गम्भीर : भण्डारी

little buddha academy
khasi

महेन्द्रनगर । सुदूरपश्चिमका अग्रज पत्रकार एवम् न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष खेम भण्डारीले रिपोर्टिङ्गमा खटिएका पत्रकारलाई पक्राउ गरी हिरासतमा राख्न गम्भीर विषय भएको बताएका छन् । उनले यसलाई पत्रकार पक्राउ गरी प्रहरीले प्रेसमाथि हस्तक्षेप बढाउन खोजेको आशंका व्यक्त गरे ।

‘रिपोर्टिङ्गमा खटिएका पत्रकारलाई पक्राउ गरी हिरासत राख्ने कार्य भएको छ, यो निकै गम्भीर विषय हो’ नेपाल पत्रकार महासंघ कञ्चनपुरले पत्रकार रनि विवशलाई पक्राउ गरिएको सम्बन्धी प्रहरी उपरीक्षक श्याम सिह चौधरीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रममा भने,‘यसरी घट्नास्थलमा खटिएका पत्रकार पक्राउ गरी लैजाने कार्य अत्यन्तै चिन्ताजनक हो, यसले प्रेसको अधिकारमाथि हस्तक्षेप गरेको मान्न सकिन्छ ।’

,orning glory badhai
dirghayi clinic

महेन्द्रनगर बजारमा सोमबार राति आगजनीको समाचार संकलन गरि रहेका पत्रकार विवशलाई पक्राउ गरिएको थियो । त्यसमा संलग्न प्रहरीलाई कारवाहीको माग गर्दै मंगलबार महासंघले प्रहरी उपरीक्षक चौधरीलाई ज्ञापन बुझाएको छ ।

पूर्व अध्यक्ष भण्डारीले प्रहरी अधिकृतको निर्देशनमा पक्राउ गरी हिरासतमा पुगाउने कार्य भएकाले घट्नालाई गम्भीर लिई लिन प्रहरी उपरीक्षक चौधरीलाई आग्रह गरेका छन् ।

‘यो घट्नामा तल्लो तहका जवान संलग्न छैन, प्रहरी अधिकृतको कमाण्डमा घट्ना भएको छ, यो कुनै पनि हालतमा राम्रो होइन’ उनले भने,‘आगामी दिन मात्रै होइन, कहिले नहुने गरी यस्ता घट्ना अन्त्य गर्न म एसपीलाई आग्रह गर्छु ।’

Himal dental
सम्बन्धित
Loading...