ghar sansar

दोधारा चाँदनीका मेयरले चुनाव जितेको दुई महिनामै बाले अठार नम्वर पिल्लर वस्तीमा बत्ती, स्थानीय हर्षित

khasi

पप्पु गुरुङ्ग
दोधारा । दोधारा चाँदनी नगरपालिकाको अठार नम्वर पिल्लर बस्तीमा टुकीको उज्यालोमा रात बिताउनु पर्ने बाध्यता थियो । टुकी बाल्न चाहिएको बेला मट्टीतेल पाईदैन्थ्यो । अनि अध्याँरोमै हुन्थ्यो भात भान्सा र सुताई । पछि बस्तीमा सानो सोलारले उज्यालो सबैले भारतबाट खरिद गरे ।

आर्थिक अवस्था बलियो हुनेले सानो सोलर जडान गरे, कमजोरले जडान गर्न सकेनन् । अब बिजुलीको उज्यालोमा बस्ने सपना बुनेका दिल बहादुर राना क्षेत्रीको ईच्छा बल्ल पूरा भएको छ् ।

दोधारा चाँदनी नगरपालिका १० जगबुडा नदीको पारीको भारत संग जोडिएको बस्ती अठार नम्वर पिल्लर बस्ती हो । भारतको सीमासंग जोडिएको अठार नम्बर पिल्लर बस्तीमा अहिले आएर घरमा विद्युत पुगेपछि स्थानीय हर्षित भएका छन् ।

‘केही दिन अघि मात्रै पोल गाडिएको थियो । अब कहिले बिजुली आउला र उज्यालोमा बस्न पाइएला भन्ने थियो । त्यो सपना पनि पूरा भयो’, स्थानीय दिल बहादुर राना क्षेत्रीले भने, ‘टुकी र सानो सोलर बत्ती बालिन्थ्यो । अब बिजुली बालिन्छ ।’

दोधाराा चाँदनीका नव निर्वाचित जनप्रतिनिधि आएसंगै बस्तीमा उज्यालो आएको उनको भनाई छ् । बस्तीमा बिजुली पुगेपछि अठार नम्वर पिल्लर बस्तीवासी हर्षित बनेका छन् ।

dirghayi clinic

वडा कार्यालयको पहलमा बस्तीमा बिजुली पुगेपछि भारतसंग सीमा जोडिएको ८ घरधुरी प्रत्यक्ष लाभावान्वित भएका छन् । बस्तीमा बाटघाटो, खानेपानी, बिजुली, सञ्चार मात्र होईन आधारभूत स्वास्थ्य सेवाबाट समेत उक्त बस्ती वञ्चित थियो ।

विगतमा यहाँका दर्जनौै घरधुरी जगबुडा नदीको कटानी तथा बाढीको कारण विस्तापित भएका थिए । अहिले वस्तीमा ८ घरधुरी बचेका छन् । ‘रातीको समयमा उज्यालोका लागि सानो सोलार र टुकीकै भरमा थिए । ‘रात परेपछि टुकी र सोलारको भर पर्न बाध्य थियौं’ स्थानीय सुन्दर ओलीले भने, ‘सानो सोलारले त्यति उज्यालो नदिँदा महंगो मट्टितेल प्रयोग गरी टुकी बाल्नु पथ्र्यो, धेरै वर्षको प्रयासपछि बिजुली बलेपछि खुशी छौं ।’

अन्धकारबाट टुकी र सानो सोलारको प्रकाशले मधुरो उज्यालो भएपनि बालबालिकाको पठनपाठन र घरेलु कामकाजको लागि बिजुली नहूँदाको पीडा धेरै भोगेको उनले सुनाए । बस्तीका दिल बहादुर राना, सुन्दर सुनार, नेत्र बहादुर सुनार र दान सिंह भाटले विद्युत मिटर घरमा जडान गरेर घर झलमल्ल बनाएका छन् । अझै ४ घरधुरीमा विद्युत मिटर लगाउन बाँकी छ ।

भारतसंग जोडिएको सीमा बस्ती भएको कारण चोरी हुने भएको कारण पनि बिजुली बत्तीको आवश्यक रहदै आएको स्थानीय बताउँछन् । ‘वस्तीमा विद्युत जडान भएपछि अब अध्याँरो बस्ने दिन गएको छ, बिद्युत पुगेपछि खुशी छौं’ अर्का स्थानीय नेत्र बहादुर सुनारले भने ।

बस्तीमा बिजुली पुगेपछि स्थानीयले आय आर्जनका लागि तरकारी खेती गर्न हौसिएका छन् । विद्युत सेवा नपुगेकै कारण तरकारी खेती गर्न नपाएका त्यस क्षेत्रका कृषकहरुले यस वर्षदेखि कृषि मिटर जडान गरी व्यावसायिक तरकारी खेती सुरु गर्ने मनस्थिति बनाएका छन् ।

‘बस्तीमा बिजुली पु¥याउन जटिल थियो । तर, हामीले त्यो जटिल काम पनि सम्पन्न गरेका छौैं’, दोधारा चाँदनी नगरपालिका १० का वडा अध्यक्ष चन्द्र बहादुर सिंहले भने, ‘जनताको अनुहारमा खुशी देख्न पाउदाँ हामी पनि उत्साहित भएका छौं ।’

केही दिन अघि मात्र दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले काठमाण्डौं गएको बेला नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसंग अठार नम्वर पिल्लर बस्ती र दोधारा चाँदनी नगरपालिकाको विद्युतको समस्याको बारेमा अवगत गराएका थिए । मेयर लिम्बुले जानकारी गराएपछि घिसिङ्ग आफंैले दोधारा चाँदनी आउने इच्छा समेत राखेका थिए ।

 

Himal dental
सम्बन्धित
Loading...