पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा किशोर पक्राउ

महेन्द्रनगर । लालझाडी गाउँपालिका ६ बाट प्रहरीले पाँच वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा किशोर पक्राउ परेका छन्। ढक्का शिविरकी पाँच वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले १५ वर्षीय किशोरलाई पक्राउ गरेको हो ।

किशोरले ती बालिकालाई फकाएर आफ्नै घरमा लगेर बुधबार साँझ जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।

सोमबार पनि ५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा वडा नं. २ कसुवाका ५५ वर्षीय रामदत्त राना पक्राउ परेका थिए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.