
महेन्द्रनगर । गत शनिबारदेखि कञ्चनपुरका एक किशोर बेपत्ता भएका छन्। पुनर्वास नगरपालिका ११ अमर बस्तीका १५ वर्षीय राजेशसिहँ ठकुरी करिव एक सातादेखि बेपत्ता भएका हुन् ।
परिवारका कुनै पनि सदस्यलाई जानकारी नै नदिई गत शनिबार उनी घरबाट बेपत्ता भएको उनका बुवा पदमबहादुर सिहँले बताए । किशोरको खोजीका लागि जिल्ला प्रहरी कार्यालयमा समेत निवेदन दिइसकेको उनले बताए। प्रहरीले भने टोली खटिएको र खोजी कार्य जारी रहेको बताएको छ ।

बेपत्ता भएका किशोर अमरबस्तीमै रहेको कञ्चन बोर्डिङ स्कुलमा कक्षा ७ मा अध्ययन गर्दै आएका थिए।
