ghar sansar

दोधारा चाँदनीका सामुदायिक विपद् व्यवस्थापन समितिलाई सामाग्री वितरण

khasi

दोधारा । दोधारा चाँदनी नगरपालिकामा सामुदायिक विपद् व्यवस्थापन समितिलाई विपद् सामग्री वितरण गरिएको छ । दोधारा चाँदनी नगरपालिका ८ र १० स्थित सामुदायिक विपद् व्यवस्थापन समितिलाई बिपद् व्यवस्थापन सामग्री र कार्यालय ब्यवस्थापन सामाग्री वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी कञचनपुर जिल्ला शाखा कार्यालय प्रमुख मनोज प्रसाद उप्रेती जानकारी दिएका छन् ।

उनका अनुसार कुर्सी, दराज, लाईफ ज्याकेट, डोरी, बाकस लगायत झण्डै ४ लाख बराबरको सामाग्री प्रगति सामुदायिक विपद् व्यवस्थापन समिति र कुतियावकर सामुदायिक विपद् व्यवस्थापन समितिलाई वितरण गरिएको नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाका सदस्य कमला उपाध्याय्ले बताइन् ।

dirghayi clinic

अमेरिकन रेडक्रसको सहयोगबाट नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय मार्फत नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखाको आयोजना र नेपाल रेडक्रस सोसाईटी दोधारा उप शाखाको समन्वयमा उक्त सामाग्री वितरण गरिएको दोधारा उप शाखा सदस्य उपाध्यायले बताइन् ।

सामाग्री वितरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखा कार्यालयका उप्रेती, लेखापाल ज्योति अवस्थी, दोधारा उप शाखाका सभापति राजेन्द्र मल्ल, सदस्य कमला उपाध्याय, कुतियावकर सामुदायिक विपद् व्यवस्थापन समितिका संयोजक टेक बहादुर सुनार, प्रगति सामुदायिक विपद् व्यवस्थापन समितिका संयोजक पुर्णा देबी कसेरा लगायत स्थानीय सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...