ghar sansar

मानव बेचबिखन विरुद्ध जागरुक हुँदै छन् सीमावर्ती क्षेत्रका वासिन्दा

पप्पु गुरुङ्ग
दोधारा । दोधारा चाँदनी नगरपालिकाका ग्रामीण क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई मानव बेचबिखन तथा ओसारपसार विरुद्ध जागरुक गर्न थालिएको छ ।

माईती नेपाल कञ्चनपुर अन्तर्गत दोधारा चाँदनीको सुरक्षित सञ्जालले सीमावर्ती बस्तमा स्थानीयलाई जागरुक बनाउने कार्य गरिएको सुरक्षित सञ्जाल दोधारा चाँदनीका संयोजक खिमा चन्दले बताइन् ।

mantra hos123

हाम्रो आवाज चेलिबेटी बेचविखनबाट मुक्त समाज भन्ने नारा सहित माईती नेपाल कञ्चनपुरको सहयोग र सुरक्षित सञ्जालको आयोजनामा दोधारा चाँदनी नगरपालिका ३ बडवाल टोलका स्थानीय मानव बेचबिखन तथा ओसारपसार विरुद्ध जनचेतना फैलाउदै घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

ग्रामीण भेगका स्थानीयलाई मानव बेचबिखन विरुद्ध संवेदनशील हुन आग्रह गर्दै समुदाय स्तरमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले घरदैलो कार्यक्रम गरिएको सुरक्षित सञ्जाल दोधारा चाँदनीका संयोजक चन्दले बताइन् ।

कार्यक्रममा दोधारा चाँदनी नगरपालिका ३ का वडा सदस्य लक्ष्मी राना क्षेत्री, सुरक्षित सञ्जाल दोधारा चाँदनीका संयोजक चन्द, सचिव गिता रावत, सदस्य लक्ष्मी चन्द, माईती नेपाल कञ्चनपुरका सीमा निगरानीकर्ता लक्ष्मी थापा, दोधारा चाँदनी नगरपालिका नगर प्रमुखका सचिवालयका स्वकिय सचिव चन्द्र प्रकाश खत्री लगायत स्थानीय सहभागी भएका छन् ।

कार्यक्रममा महिलालाई मानव बेचविखनको अवस्था कारण, दलालहरुले अपनाउने तौरतरिका, सम्पर्क स्थान तथा कानुनी व्यवस्था, वैदेशिक रोजगार, सुरक्षित बसाईसराई, लिङ्ग र लैगिकता र मानव बेचबिखन विरुद्ध स्थानीयको भूमिका लगायतका बारेमा सुरक्षित सञ्जालका संयोजक खिमा चन्दले जानकारी गराइन् ।

आफु सचेत रही परिवार र साथीहरु सबैलाई सचेतना फैलाउने शंकास्पद व्यक्ति र जोखिममा रहेका व्यक्तिको बारेमा निगरानी राख्ने र सम्बन्धित कार्यालयमा खबर गर्ने स्थानीयले प्रतिवद्धता जाहेर गरेका छन् ।

दोधारा चाँदनी नगरपालिकाको जगबुडा नदी पारी भारतसंग जोडिएको बस्ती बडवाल टोलमा सुरक्षित सञ्जालले मानव बेचबिखन तथा ओसारपसार विरुद्ध गरेको घरदैलो कार्यक्रम अर्थपुर्ण रहेको दोधारा चाँदनी नगरपालिका ३ का वडा सदस्य लक्ष्मी राना क्षेत्रले बताइन् ।

सुरक्षित सञ्जालले स्थानीयलाई मानव बेचबिखन तथा ओसारपसार विरुद्ध जागरुक बनाउने उद्देश्यले गरिएको कार्यक्रमा एक सय भन्दा बढी स्थानीय सहभागी भए ।

बडवाल टोलमा बस्दै आएका वादी बस्तीलाई मध्यनजर गरी कार्यक्रम सञ्चालन गरी जनचेतनामुलक कार्यक्रममा मानब बेचविखन तथा ओसार पसार रोकथाममा स्थानियले ऐक्यवद्धता जनाए ।

 

Himal dental
सम्बन्धित
Loading...