
महेन्द्रनगर । नेकपा बहुमतको सहायक संगठन युवा जन स्वयम् सेवक संगठनेपाल सुदुरपश्चिम ब्युरोको प्रथम बैठक बसेको छ ।
संगठनका केन्द्रीय सचिवालय सदस्य भुवन रम्तेलको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय अध्यक्ष हरिश भट्ट प्रमुख अतिथि थिए ।

बैठकमा बहुमतका केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम ब्युरो ईन्चार्ज महान विशिस्ट अतिथि थिए । बैठकबाट विभिन्न निर्णय गरिएको युवा जनस्वयमसेवक नेपालका कञ्चनपुर जिल्ला ईन्चार्ज दिपेन्द्र सिह ऐरीले जानकारी दिएका छन् ।
