ghar sansar

सशस्त्र प्रहरीले तस्करी रोक्न नसकेपछि दोधारा चाँदनीमा अनुसन्धानको टोली खटियो, विषादी मिसाइएका तस्करीका माछा बरामद

दोधारा चाँदनी सशस्त्रको बिओपीमा नयाँ इन्चार्ज गएपछि बरामद हुनै छाड्यो तस्करीको समान

khasi

महेन्द्रनगर । सशस्त्र प्रहरीले दोधारा चाँदनी क्षेत्रबाट हुने तस्करी नियन्त्रण गर्न नसकेपछि राष्ट्रिय अनुसन्धाननको टोली सक्रियता देखाएको छ । भारतसित खुला सीमा नाकाका कारण वर्षौदेखि तस्करी हुँदै आएको यस क्षेत्रबाट पछिल्लो पटक तस्करी ह्वात्तै बढेपछि अनुसन्धानले सक्रियता देखाएको हो । अनुसन्धानको टीम सक्रिय भएपछि सीमा अपराध नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरीको भूमिका विवादमा परेको छ ।

सशस्त्र प्रहरीको दोधारा चाँदनी बिओपीमा नयाँ इन्चार्ज गएपछि अहिलेसम्म तस्करीका समान बरामद भएका छैन् । बिओपीमा नयाँ इन्चार्ज गएपछि दोधाराा चाँदनीबाट आएको एक ट्रक मलखाद केही महिना अघि गड्डाचौकीमा बरामद गरिएको थियो ।

Anant bahu travels

राजनीतिक पहुँचका आधारमा बिओपी इन्चार्ज खटिएकाले उनी तस्करी नियन्त्रणमा उदासिन देखिएको सशस्त्र प्रहरी स्रोतको भनाई छ । नेतासित पहुँचका आधारमा त्यहाँ गएपछि तस्करीको समान समातिने कुरा हुँदैन, सेटिङ्ग मिलाउने र नेताहरुले भने अनुुसार गर्नु पर्ने हुन्छ’ सशस्त्र प्रहरी स्रोतले भन्यो ।

dirghayi clinic

सशस्त्र प्रहरीका पोष्ट थपिएपछि तस्करीको समान बरामद हुने क्रम ह्वात्तै घटेको छ । स्थानीयका अनुसार तस्करसित सेटिङ्गका कारण पोष्ट थपिएर पनि तस्करी बढेको हो । सशस्त्रको बिओपीमा नयाँ इन्चार्ज भएपछि झन तस्करी बढेको उनीहरु बताउँछन् । ‘पहिलाको इन्चार्जले नेताले भनेको मान्दैन थिए, समान पनि बरादम गरेको थिए, अहिले त लोकल (हाम्रै) नगरका नेताले भनेपछि पनि भइ हाल्छ’ दोधारा चाँदनीका एक स्थानीले भने,‘तस्करीमा पहिला भन्दा अहिले सजिलो भाको छ ।’

सशस्त्र प्रहरीको निष्क्रियतापछि सक्रिय बनेको अनुसन्धानको टोलीले भारतबाट तस्करी गरिएका माछा बरामद गरेको छ । अनुसन्धानका सई नितेश जोशीको नेतृत्वको टिमले माछा बरामद गरेको छ । बरामद गरिएको माछा सशस्त्र प्रहरीको मझगाउँ कार्यलयलाई बुझाइएको छ ।

बिहिबार दिउँसो २ बजे बरामद गरिएको माछा भीमदत्त नगरपालिका वडा नं. १६ का अध्यक्ष केशव सिंह बिष्टको उपस्थितिमा भारतबाट नेपाल ल्याइएको अबैध ८० किलो माछा नष्ट गरिएको छ ।

भारतबाट नेपाल भित्र्याइएका माछामा मानव शरिरको लागि घातक मानिने फर्मासिल नामक बिषादि मिसाइएको एक क्वारेन्टाइन कर्मचारिले बताए । विषादी मिसाइएका माछा सधै नेपाल भित्र्याउने जानकारीका आधारमा अनुसन्धानको टोली खटिएको हो ।

भारतबाट ल्याइएको अबैध माछाहरुसँगै स्कुटि र मोटरसाइकल बरामद भएपनि मोटरसाइकल र स्कुटि आफ्नो निर्देशनमा छोडिएको सशस्त्र प्रहरी उपरिक्षक अमर बहादुर ऐरले बताए । राजश्व छलि तथा चुहावट रोकथामका निमित्त सशस्त्र प्रहरीको कार्यालयनै खोलेर राखिएको भएपनि अहिले सम्म रोकथाम कम हुन सकेको छैन् ।

Himal dental
सम्बन्धित
Loading...