कञ्चनपुर २ क मा चुनाव लड्ने एमालेका ९ नेता आकाँक्षी, प्रदेश कमिटीमा गरियो सिफारिश

महेन्द्रनगर । कञ्चनपुर क्षेत्र नं. २ क मा एमालेका प्रदेश सभा सदस्य चुनाव लड्न आकाँक्षा राखेका ९ नेताका नाम प्रदेश कमिटीसम्म पुगेका छन् । कर्णाली प्रदेशका पूर्व प्रमुख गोविन्द प्रसाद कलौनी दाबेदारीबाट पछि हटेपछि उनीहरुको नामावली पठाएको हो ।

प्रदेश कमिटीमा सिफारिश गरिएकामा स्थानीय तह निर्वाचनमा मेयरका आकाँक्षी सहितका छन् । एमाले प्रदेश कमिटी सदस्य जयराज पाण्डेय र मोहन रावल सहितका सिफारिश गरिएका छन् । उनीहरु दुबै मेयरका आकाँक्षी पनि हुन् । पाण्डेय कृष्णपुर मेयरका लागि सिफारिश गरिएका थिए ।

deepak

उनीहरु सहित उमेश पाण्डेय, कर्ण बहादुर हमाल, जगत बहादुर सिह, टेक हमाल, नरेन्द्र ओली, प्रकाश पाण्डेय र भजन राना सिफारिश गरिएका छन् । सिफारिशमध्ये कर्ण हमाल निवर्तमान मेयर हुन् । अधिवक्ता पाण्डेय पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

शुक्लाफाँटा नगरपालिका ७ का निवर्तमान वडा अध्यक्ष सिह पनि उम्मेदवार सिफारिशमा परेका छन् । कृष्णपुरका पाण्डेय र शुक्लाफाँटाका टेक हमाल २०५४ मा गाविस अध्यक्ष निर्वाचित भएका थिए ।

सम्बन्धित
Loading...