–डी आर लोहार
हिन्दू महिलाहरुले मनाउने तिज पर्व ऋषिपञ्चमीका दिन कञ्चनपुर जिल्लाको महाकाली नदीमा पुजा गर्ने क्रममा भएको घटनाले हाम्रो समाजमा जातका आधारमा हुने विभेदका घटनाहरु मध्ये एक प्रतिनिधिमुलक घटना हो । आम रुपमा यस्तै घटनाहरु हाम्रो समाजमा दिनदिनै भई रहे पनि चर्चा र वहसमा भने कमै आउने गरेका छन । यो घटनालाई लिएर समाज दुई समुदायगत ध्रुवमा बिभाजित भई रहेको देखिन्छ । यो बिषयलाई लिएर ब्राह्मण समुदायले दलित समुदायलाई आरोपित गर्ने र दलित समुदायले पनि ब्राह्मण समुदाय माथि प्रत्यारोप समाजिक संजालमा मात्रै गरेनन् कि ब्राह्मण समुदाय चाहि शंखघंट लिएर सडकमा समेत देखिए । आखिर समस्या के हो ? यसको समाधान के हुन सक्छ ? यो गंभीर प्रश्न हाम्रो सामुने खडा भएको छ । एक समुदायले अर्को समुदायलाई आरोप प्रत्यारोप गाली गलौच गरेर तथा एकले अर्का विरुद जुलुस निकालेर यसको समाधान हुन्छ त ? अवश्य पनि हुन सक्दैन । यसले त केवल समाजिक दन्द विग्रह जातीय वैरभाव मात्र लाउने हो यसतर्फ सवैले सचेत हुन आवश्यक छ । हामीले समस्याको मुल कारण पत्ता लगाएर समाधान खोज्ने तिर लागेनौ भने यसले हाम्रो समाजमा जातिय दन्द मात्र होईन संघर्ष हुने खतरा रहेको छ । यो समस्याको थुप्रै कारणहरु छन र हुन सक्छन त्यो एक समाजिक अध्यन अनुसन्धानको महत्वपुर्ण विषय वनेको छ ।
मेलै देखेको भोगेको र अनुभव गरेको मुख्य एक कारण हो हाम्रो समाजमा रहेको विभेदित समाजिक सास्कृतिक चिन्तन प्रणाली र ब्यवहार रहेको छ । हामीले हाम्रो समाज जुन हजारौ वर्ष देखि हिन्दु धर्म र परम्परा, सामन्ती एकात्मक राज्य ब्यवस्था, जात ब्यवस्थामा आधारित व्राहमणवादी विचार दर्शनवाट संचालित समाज हो। अव राज्य ब्यवस्था र समाजको संचालन यसवाट संभव छैन भनि सविधान र कानुन अनुसार कानुनी राज्यको अवधारणा अनुरुप राज्य संचालन गर्न नया सविधान र कानुन वनाउदै आएको छौ। अहिलेको सविधान र कानुनमा समानता, समाजिक न्याय, विभेद रहित समाज र समाजिक रुपान्तरण, जातिय छुवाछुत तथा भेदभाव विरुद्धको हक समेतको आधुनिक न्याय तथा कानुनका दर्शन तथा सिदान्तको अपनाएर हामीले हाम्रो जीवन ब्यवहारमा लागु गरी सकेको छौ । तरपनि कुनै जातविशेष वा सिधै भन्दा दलितसमुदायलाई हाम्रो समाजको हेर्ने, वुझ्ने, ब्याख्या गर्ने र वदल्ने चिन्तन प्रणाली र दृष्टिकोणमा परिवर्तन नभई पुरानै समाजिक सास्कृतिक अवधारणाको निरन्तरमा छ ।
अहिले पनि हाम्रो समाजमा जातका आधारमा र लिगका आधारमा विभेद हुनु अपमान गरिनु आत्मसम्मान नपाउनु त्यत्ति ठुलो समाजिक अपराध मानिदैन । यधपि यसलाई विभिन्न कानुनी ब्यस्थाले गंभीर समाजिक अपराध घोषणा गरेको छ । यस्तो मुख्य कारण समाजमा रहि आएका विभेदित समाजिक सास्कृतिक मुल्य मान्यता हुन जसले मानवीय सही र वैज्ञानिक दृष्टिकोण अपनाउन सकेनन। हामीमा र हाम्रो समाजमा मनुवादी समाजिक सांस्कृतिक मान्यता काम रही रहेको छौ । सविधान र कानुनले जेसुकै भनोस हामीले हाम्रा संस्कृति र संस्कारलाई वचाउनु पर्छ यसको संरक्षण र सम्वर्द्धन गर्नु पर्छ भन्ने नाममा जात तथा लिंगका आधारमा हुने विभेदहरु निरन्तर जारी छन । यस्ता विभेदका पुजामा मात्रै देखिनै गरेको छैनन प्रत्यक्ष अप्रत्यक्ष रुपमा घर देखि अफिस सम्म, पानीघाट देखि मसानघाट हुने गरेका छन यधपि यसको स्वरुप र प्रकृतिमा केही फरक आएको सहजै महसुस गर्न सकिन्छ ।
संस्कृति वचाउने नाममा विभेद कायम रहि रहनु कुनै पनि कोणवाट सहि भन्न सकिदैन । धर्म र संस्कृति फरक फरक कुरा हुन । धर्मको संस्कृतिसित कुनै सम्वन्ध हुदैन। संस्कृतिको कुनै लम्वेतान परिभाषातिर नलागी सक्षिप्तमा भन्दा मानव वा मानिसले जे जे कुरा वनाउछ त्यो नै संस्कृति हो । मानवले मुख्य रुपमा दुईवटा कुरा वनाउन सक्छ एक, मतिष्कले सोचेर विश्लेषण गरेर विचार वा चेतना निर्माण गर्छ जसलाई चिन्तन प्रणाली भन्न सकिन्छ । दोश्रो मतिष्तक सहित हात वा वलको प्रयोग गरेर विभिन्न भौतिक वस्तु वनाउन सकिन्छ । विभेदित संस्कार रहुनुमा पहिलो कुरा महत्वपुर्ण हो जसलाई हामीले समाजिक सास्कृतिक चिन्तन प्रणाली र ब्यवहारले गर्दा समाजमा अझै पनि छुवाछुत लगायतको विभेद कायम रहेको भन्न सक्छौ । हामी स्पष्ट देख्न र भन्न सक्छौ सविधान वा कुनै कानुनको कितावले कसैलाई विभेद गर्न सक्दैन र गर्दैन पनि त्यो त भौतिक वस्तु मात्रै हो । तर सविधान वा कानुन वनाउने राजनीतिज्ञ त्यसलाई लागु गर्न कर्मचारीतन्त्र र त्यसको ब्याख्या गर्ने न्यायाधीशहरुको समाजिक चिन्तनले त्यसको प्रयोगलाई भेदभावयुक्त वनाउन सक्छन । नेपालको सन्दर्भमा जातीय विभेद छुवाछुत लगायतका विषयमा हाम्रो समाजिक सास्कृतिक चिन्तन प्रणाली र ब्यवहार चाहे ति नीति निर्माता राजनीतिक दलका नेता हुन चाहे वा नीतिको ब्याख्या गर्ने अदालतका न्यायाधीश हुन वा नीति कार्यान्वन कर्ता कर्मचारीतन्त्र प्राय जसो अधिकासको दर्शन वा सिदान्तका कुरा जे जे गरे पनि परम्परागत अन्ध रुढिवादी संस्कारवाट प्रभावित नै रहेको देखिन्छ जसलाई सयौ उदाहरणले पुष्टि गर्न सकिन्छ ।
आजको युग सुहाउँदो समाज र विश्व परिवेश सुहाउँदो सोच चिन्तन र बिचारको बिकास हाम्रोमा भएको छैन त भन्न मिल्दैन पुरानो चिन्तन प्रणाली जवरजस्त प्रभाव रहेको छ । यहाँ जसले जे भनेप नि जे लेखेपनि हाम्रो मन मस्तिष्कमा गहिरो गरि बसेको के छ भन्दा दलित समुदायलाई लाग्छ मनुस्मृतिमा लेखेर हामीलाई अछुत बनाउने ब्राह्मणहरु हुन । त्यसकारण दलितले ब्राह्मणको बिरोध गर्नुपर्छ भन्ने मानसिकताले काम गरेको छ । अर्कोतिर ब्राह्मणलाई पनि यो त मनुस्मृति वा धर्मकै कुरा हो त्यही नै लेखिएको छ त्यसैले दलितलाई मठ मन्दिर र पुजा कर्ममा सहभागी गराउनु यो धर्म संस्कृति बिरोधी भन्ने लाग्छ । महाकाली नदीको पुजा प्रकरण देखि दिनहु हजारौ संख्यामा भएका विभेदका घटनाहरुको मुख्य कारण यहि हो । दुई परस्पर बिरोधी बिचार र चिन्तनले गर्दा सारा समाजले दुख पाउने स्थिति आउनु कसैका लागि हितकर हुदैन ।
हिन्दु धर्मका चार वेदमा पनि दलित समुदायलाई अछुत नभने पनि भागवत गिता, वेद पुराण लगायतमा पनि यस बिषयमा केही उल्लेख भएको नभेटीएता पनि मनुस्मृतिमा स्पष्ट भई उलेखित नेपालमा पहिलो आधिकारिक कानुन १९१० मा जारी मुलुकी ऐनले जात ब्यवस्थालाई कानुनी रुप दिई कुन जातलाई छोईछिटो हाल्नु पर्ने, कुनलाई नहाल्नु पर्ने जात खसाउने, जात वढाउने, एउटै अपराधमा जातका आधारमा फरक फरक दण्ड सजायको ब्यवस्था गरी राज्यवाटै विभेदित ब्यवस्था संस्थागत गरी हिन्दु समाजको समाजिक सास्कृतिक चिन्तन प्रणालीमा विभेदको गहिरो सित प्रभाव वसेको छ । त्यसकारण मनुस्मृति लेख्नेले त्यतिबेलाको परिस्थितिमा किन लेख्यो त्यो अहिले भन्न सकिन्न । तर अहिलेको अवस्थामा हामी के मात्र भन्न सक्छौं भने त्यो गलत लेखियो र अहिले हाम्रो राज्य ब्यवस्था कानुनी प्रणाली र न्याय प्रणाली नभएपनि यसको असर र अवशेष समाज ब्यवस्था रहेकै छ। तर त्यतिबेला यसो लेख्नमा ब्राह्मणको हात हो भन्ने मानेर अहिलेसम्म पुरै ब्राह्मण समाजलाई दोषी देख्नु दलित समुदायको पनि गलत दृष्टिकोण हुन जान्छ । त्यसैगरी कानुन र सविधानले अन्त्य गरे पनि मनुस्मृतिमै लेखिएको छ भनेर दलित समुदाय माथि हजारौ वर्ष देखि हुदै आएको विभेद कायम राख्नु ब्राह्मण समुदाय वा कथित उपल्लो जातिले पनि दण्डनीय अपराध गरेकै मानिन्छ । अहिलेको समस्याको हल भनेको एकले अर्कालाई दोषी देखाएर झुकाएर माफी मगाएर वा आन्दोलन गरेर समाधान निस्कनेवाला जस्तो लाग्दैन । यसको हल भनेको ब्राह्मणले पनि पुजामा आएका सबै भक्तजनहरुलाई विना भेदभाव पुजा गर्नु पर्छ। यदि कुनै धर्म स्थल वा धर्म सभामा सहभागी हुने भक्तजनहरुसंग भक्तको व्यबहार गरिनुपर्छ त्यहाँ जात गोत्र सोधिनु हुँदैन विगतको मुलुकी ऐनले छोईछिटो गर्नु पर्ने ब्यवस्थामा अभ्यस्त हाम्रो समाज भए पनि अव त्यो अनुमति हाम्रो सविधान र कानुनले दिदैन त्यस्तो ब्यवहार वा कार्य दण्डनीय अपराध वनाएको हेक्का राख्नु पर्छ । यदि कुनै दलितले पुजा गरिदिन ब्राह्मणलाई आग्रह गरेमा ब्राह्मणले नाइ नास्ति नगरि पुजा गर्नुपर्छ । किनभने पुजा गर्नु उनीहरुकै दायित्व हो । त्यसैले आफ्नो दायित्व गर्दा विभेद गर्नु धर्मसंगत र न्यायसंगत दुबै हुँदैन । दलित समुदायले पनि ब्राह्मण समुदायलाई अनावश्यक लान्छना वा गालि गरिरहेने विभेद गर्छन भनिरहने अनि पुजापाठ गराउनै पर्छ भन्नु पनि हुदैन । व्राहमण लगायत अन्य समुदायले पनि राज्यले दलित समुदायका लागि समावेशी आरक्षण विशेष ब्यवस्थालाई अनावश्यक रुपमा अब्याख्या नगरी हजारौ वर्ष देखि विभेद शोषण अन्याय हेलाहोचोमा परेको समुहलाई राज्यले ब्यवस्थालाई सम्मान गर्नु पर्दछ । समावेशीकरण र आरक्षण गरिवी निवारण कार्यक्रम होईन यो राज्यलाई समावेशी वनाउने औजार मात्रै हो भनि वुझ्नु आवश्यक छ । अहिले समावेशी ब्यवस्थाले महिला जनजाति मधेशी दुर्गम र अपांग समुहका सवै जात जातिलाई फायदा गरेकै छ यो केवल दलितलाई होईन ।
नेपाली जनताको त्याग तपस्या र वलिदानको फलस्वस्वरुप सवै प्रकारका समाजिक विभेद अन्त्य गरी समाजिक न्याय, समावेशी राज्य ब्यवस्था सहितको संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना हुदा समेत आधुनिक वैज्ञानिक समाजवादी युगतिरको यात्रामा लाग्दा समेत हाम्रो समाजिक चिन्तन प्रणाली विभिन्न जात ब्यवस्थामा आधारित सांस्कृतिक र मान्यताहरुका संकीर्ण र साँघुरो दायिराबाट मुक्त भई विभेद रहित सम्पुर्ण मानवता र प्रकृति मैत्री वैज्ञानिक समाजवादी समाजिक सास्कृतिक चिन्तन प्रणाली सहितको विश्वदृष्टिकोण निर्माण गर्नु पर्छ ।