महेन्द्रनगर । नेकपा(एमाले) को सुदूरपश्चिम प्रदेश कमिटी सदस्य शंकर दत्त बोकटी नेकपा माओवादी प्रवेश गरेका छन् । उनी एमालेको प्रदेश कमिटी सदस्य र सदस्यता परित्याग गर्दै माओवादी प्रवेश गरेका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास खुलमटारमा उनी माओवादी प्रवेश गरेका छन् । अध्यक्ष प्रचण्डले उनलाई पार्टीमा स्वागत गरेका छन् । बोकटी नेकपा माले छाडेर एमाले हुँदै माओवादी पुगेका छन् ।
नेता बोकटीले आफ््नो फेसबुकमा माओवादी प्रवेशलाई सुखद क्षण भनेर उल्लेख गरेका छन् ।
‘ने क पा एमाले को प्रदेश कमीटी सदस्य र पार्टीको सदस्यता समेत परित्याग गर्दै नेकपा माओवादी केन्द्रका श्रदेय अध्यक्ष कमरेड प्रचण्डको निवास खुमलटारमा माओवादी केन्द्र प्रवेश गरेको सुखद क्षण । आफ्नो क्षमताको पुर्ण उपयोग गर्दै पार्टीप्रति प्रतिवद्ध भै कामकाज गर्ने समेत वाचा गर्दछु’ फेसबुकमा भनेका छन् ।