दोधारा चाँदनीका काँग्रेस नेता पुनले गरे अधिकारकर्मी शारदा चन्दको वृद्धाश्रमलाई खाद्यान्न सहयोग

महेन्द्रनगर । दोधारा चाँदनीका काँग्रेंस नेता जगमोहन पुन (पप्पु पुन) ले भीमदत्त नगरपालिका ५ वनखेतस्थित महिला तथा वृद्धा सेवा केन्द्रलाई सहयोग गरेका छन् । केन्द्रमा बस्दै आएका वृद्ध वृद्धाहरुका लागि उनले चामल, धुलो, आलु, खाने तेल, चाउचाउ, चना, दुध लगायका खाद्यान्न सहयोग गरेका छन् ।

वृद्धाश्रमका अध्यक्ष शारदा चन्दले पुनले आश्रम आएर सहयोग गरेको जानकारी दिएकी छन् । अधिकारकर्मी चन्दले सहयोग जुटाएर डेढ दशकदेखि आश्रम सञ्चालन गर्दै आएकी छन् । कार्यक्रममा जगमोहन पुनका स–परिवार, बृद्धाश्रमका शारदा चन्द सहभागी भएका छन् ।

deepak
सम्बन्धित
Loading...