ghar sansar

कञ्चनपुर ३ ख मा सत्तारुढ गठबन्धनलाई भारी भए एमाले अध्यक्ष विष्ट

Amity

महेन्द्रनगर । नेकपा(एमाले) कञ्चनपुरका अध्यक्ष सुरेन्द्र विष्ट कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ ख बाट प्रदेश सभा सदस्य निर्वाचन लड्ने भएका छन् । उनी एमाले जिल्ला कमिटीबाट टिकटका लागि एकल सिफारिश गरिएका हुन् । उनी भीमदत्त नगरपालिकामा निवर्तमान मेयर हुन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा भीमदत्त नगरपालिकाको मेयर जितेका विष्ट यस पटक प्रदेश सभा सदस्य निर्वाचन लड्न लागेका छन् । अध्यक्ष विष्टलाई प्रदेश ख मा बलियो उम्मेदवारका रुपमा हेरिएको छ ।

lotus institite

एमालेबाट अध्यक्ष विष्ट उम्मेदवारका लागि सर्वसम्मत सिफारिश भएका उनी सत्तारुढ गठबन्धनका लागि सबैभन्दा बलिया उम्मेदवार बनेका छन् । सत्तारुढ गठबन्धनबाट काँग्रेसका नेता उनी विरुद्ध चुनावी मैदानमा आउने भएका छन् । काँग्रेसका बेल बहादुर राना वा नाफु सिह साउँदमध्ये एक जनाले टिकट पाउने भएका छन् ।

निर्वाचन क्षेत्र नं. ३ ख मा भीमदत्त नगरपालिका ७ र दोधारा चाँदनी नगरपालिकाका १० वडा छन् । अध्यक्ष विष्टले भीमदत्तको मेयर र पार्टी अध्यक्षको हैसियतामा आफ्नो निर्वाचन क्षेत्रमा बलियो पकड बनाएका छन् ।

भीमदत्त नगरपालिकामा उनी मेयर निर्वाचित भएपछि मतदातासंग परिचित छन् । त्यस बाहेक राप्रपासित हुने तालमेलबाट पनि समेत अध्यक्ष विष्टलाई फाईदा पुग्ने भएको छ ।

कञ्चनपुर ३ मा एमाले र राप्रपाबीच चुनावी तालमेल भएको छ । औपचारिक रुपमा सहमति बाहिर नआए पनि कञ्चनपुर ३ क मा एमालेले धर्मराज जोशीलाई सघाउने निश्चित भएको छ ।

राप्रपालाई प्रतिनिधि सभा सदस्यमा निरुदेवी पाल र प्रदेश ख मा विष्टलाई सघाउने छ । स्थानीय तह निर्वाचनमा राप्रपा भीमदत्त नगरपालिकाका तेसो भएको थियो ।

एमालेमा विद्यार्थीबाट राजनीतिमा आएका उनी जिल्ला सदस्य हुँदै उप सचिव, सचिव भएर अध्यक्ष भएका छन् । तीन दशकदेखि एमाले आवद्ध उनी आठौै जिल्ला अधिवेशनबाट अध्यक्ष निर्वाचित भएका थिए ।

Himal dental
सम्बन्धित
Loading...