कञ्चनपुर ३ ख मा सत्तारुढ गठबन्धनले एमाले अध्यक्ष विष्टलाई रोक्नै नसक्ने पूर्व साँसद खत्रीको दावी, भन्छन्–जो कोही उम्मेदवार भए पनि फरक पर्दैन

महेन्द्रनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य पूर्व साँसद इन्द्र बहादुर खत्रीले कञ्चनपुर ३ ख मा एमाले अध्यक्ष सुरेन्द्र विष्टलाई सत्तारुढ गठबन्धनका उम्मेदवारले केही असर नपार्ने बताएका छन् । उनले एमाले अध्यक्ष विष्ट प्रदेश सभा सदस्यमा बलियो उम्मेदवार भएको उल्लेख गरे ।

‘एमालेका विष्ट आफंैमा बलिया नेता हुन्, त्यसमा पनि राप्रपासित पनि तालमेल हुन्छ’ उनले भने,‘यस्तो अवस्थामा सत्तारुढ गठबन्धनबाट जो लडे पनि विष्टलाई केही समस्या हुँदैन ।’

janjyoti campus

पूर्व साँसद खत्रीले अध्यक्ष विष्टलाई दोधारा चाँदनी र भीमदत्त सबैबाट मत आउने निश्चित भएको बताए । ‘उम्मेदवारी घोषणापछि त्यसको संकेत देखि सकेको छ, वहाँलाई यता उताको भन्ने केही छैन, जताको पनि भोट आउँछ’ उनले भने ।

राप्रपासित तालमेल भए उनी आफै क्षेत्र नं. ३ मा एमाले उम्मेदवार जिताउन लागि पर्ने छन् । उनी २०४२ मा राष्ट्रिय पञ्चायत सदस्य निर्वाचन जितेका थिए ।

सत्तारुढ गठबन्धनबाट काँग्रेसका बेल बहादुर राना र माओवादी मान बहादुर सुनार जो आए पनि विष्टलाई केही फरक नपर्ने बताए ।

सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार हुने भएका छन् । सत्ता साझेदार समाजवादी बाहिरिएपछि प्रदेश सभा क माओवादी र ख काँग्रेसले लिएको छ । माओवादी र काँग्रेसको दुबैको दावीले सत्तारुढ गठबन्धनमा टिकट पेचिलो बनेको थियो ।

एमाले जिल्ला कमिटीबाट टिकटका लागि एकल सिफारिश गरिएका विष्ट भीमदत्त नगरपालिकामा निवर्तमान मेयर हुन् । उनी २०७४ को स्थानीय तह निर्वाचनमा भीमदत्त नगरपालिकाको मेयर निर्वाचित भएका थिए ।

एमालेबाट अध्यक्ष विष्ट उम्मेदवारका लागि सर्वसम्मत सिफारिश भएका उनी सत्तारुढ गठबन्धनका लागि सबैभन्दा बलिया उम्मेदवार बनेका छन् । सत्तारुढ गठबन्धनबाट काँग्रेसका नेता उनी विरुद्ध चुनावी मैदानमा आउने भएका छन् । काँग्रेसका बेल बहादुर राना वा नाफु सिह साउँदमध्ये एक जनाले टिकट पाउने भएका छन् ।

निर्वाचन क्षेत्र नं. ३ ख मा भीमदत्त नगरपालिका ७ र दोधारा चाँदनी नगरपालिकाका १० वडा छन् । अध्यक्ष विष्टले भीमदत्तको मेयर र पार्टी अध्यक्षको हैसियतामा आफ्नो निर्वाचन क्षेत्रमा बलियो पकड बनाएका छन् ।

भीमदत्त नगरपालिकामा उनी मेयर निर्वाचित भएपछि मतदातासंग परिचित छन् । त्यस बाहेक राप्रपासित हुने तालमेलबाट पनि समेत अध्यक्ष विष्टलाई फाईदा पुग्ने भएको छ ।

कञ्चनपुर ३ मा एमाले र राप्रपाबीच चुनावी तालमेल भएको छ । औपचारिक रुपमा सहमति बाहिर नआए पनि कञ्चनपुर ३ क मा एमालेले धर्मराज जोशीलाई सघाउने निश्चित भएको छ ।

राप्रपालाई प्रतिनिधि सभा सदस्यमा निरुदेवी पाल र प्रदेश ख मा विष्टलाई सघाउने छ । स्थानीय तह निर्वाचनमा राप्रपा भीमदत्त नगरपालिकाका तेसो भएको थियो ।

ghar sansar
सम्बन्धित
Loading...