प्रदेश सभा सदस्य टिकट नपाएपछि एमाले नेता पाण्डेय र हमालले छाडे एमाले

महेन्द्रनगर । प्रदेश सभा सदस्य उम्मेदवारको टिकट नपाएका एमालेका दुई नेताले पार्टी छाडेका घोषणा गरेका छन् । एमालेको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य जयराज पाण्डेय र टेक बहादुर हमालले शनिबार झलारीमा पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेका हुन् ।

एमालेले कञ्चनपुर क्षेत्र नं २ क मा राष्ट्रिय युवा संघका निवर्तमान अध्यक्ष बचन बहादुर सिहलाई टिकट दिएपछि उनीहरु दुबै जना असन्तुष्ट भएका थिए । उनीहरुले बिहीबार उम्मेदवारका नाम बाहिर आएपछि असन्तुष्टि पोखेका थिए ।

janjyoti campus

एमाले जिल्ला कमिटीबाट पाण्डेय र हमाल सहितको नाम टिकटका लागि प्रदेश कमिटीमा सिफारिश गरिएको थियो । एमालेले जिल्ला कमिटीबाट प्रतिनिधि सभा सदस्यका लागि सिफारिश भएका सिहलाई उम्मेदवार बनेपछि उनीहरु दुबै जना असन्तुष्ट भएका छन् ।

नेताद्वयले पत्रकार सम्मेलनमा बाँडेको पे्रस विज्ञप्तिमा एमाले छाड्नका ८ कारण उल्लेख गरेका छन् । उनीहरुले संघको टिकटका लागि सिफारिश सिहलाई पार्टीले आफ्नै विधि मिचेर उम्मेदवार बनाएको गुनासो गरेका छन् ।

उनीहरुले एमाले नेतृत्वको कार्य क्षमतामाथि प्रश्न उठाएका छन् । नेतृत्वलाई अक्षम र न्याय गर्न नसक्ने तथा आर्थिक प्रलोभनमा परेको भन्ने आरोप लगाएका छन् । एमालेबाट बिहीबार नाम बाहिर आउन अघिसम्म दुई जनामध्ये एकले टिकट पाउने निश्चित भएको नेताहरुको भनाई थियो ।

एमाले छाडेका नेताद्वय यस अघि स्थानीय तह निर्वाचनमा मेयरको दाबेदार थिए । पाण्डेय कृष्णपुर नगरपालिका र हमाल शुक्लाफाँटा नगरपालिकाको मेयरका दाबेदार थिए ।

एमाले मेयरमा टिकट नदिएपछि उनीहरु दुबैले निर्वाचन परिचालनको जिम्मा लिएका थिए । एमालेका पूराना नेता उनीहरु दुबै जना २०५४ को स्थानीय निकाय निर्वाचनमा आ–आफ्नो क्षेत्रमा तत्कालिन गाविस अध्यक्ष निर्वाचित भएका थिए ।

ghar sansar
सम्बन्धित
Loading...