
महेन्द्रनगर । नेकपा (एमाले) ले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि उम्मेदवारको मनोनयन पत्र दर्ता गराएको छ । बेलौरीस्थित मुख्य निर्वाचन अधिकृत कार्यालयमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।
प्रतिनिधि सभामा एमाले कञ्चनपुरका पूर्व अध्यक्ष तारालामा तामाङ्गले उम्मेदवारी दर्ता गरेका छन् । प्रदेश सभा ख मा एमाले जिल्ला कमिटी सचिव पल्लवराज भट्ट र क मा निवर्तमान जिल्ला अध्यक्ष बीर बहादुर थापा उम्मेदवार भएका छन् ।
प्रतिनिधि सभा सदस्यका लागि सिफारिश थापा प्रदेश सभामा उम्मेदवार भएका हुन् । प्रदेश सभा सदस्यका उम्मेदवार थापा र भट्टले दुबै यस अघि २०७४ मा स्थानीय तह निर्वाचन लडि सकेका छन् ।
प्रतिनिधि सभा सदस्यका उम्मेदवार तामाङ्ग अघिल्लो निर्वाचनमा प्रदेश सभा क बाट निर्वाचित भएका थिए । उनी सुदूरपश्चिम प्रदेश सरकारमा आर्थिक मामिला मन्त्री भई सकेका छन् ।
एमाले छाडेर नेकपा एकीकृत समाजवादी गएका उनलाई गत भदौमा अध्यक्ष केपी शर्माले पार्टीमा स्वागत गरेका थिए । २०७० को संविधान सभा निर्वाचन लडेका उनी एमालेमा प्रभावशाली नेता हुन् ।
एमालेले तामाङ्गलाई टिकट दिएपछि सत्तारुढ गठबन्धनलाई अप्ठरो पर्ने चिन्ता देखिन थालेका थिए । गठबन्धनका उम्मेदवार विना मगरलाई अप्ठेरो हुने भएपछि प्रदेश सभामा दुबै काँग्रेसका उम्मेदवार बनाइएका छन् ।
प्रतिनिधि सभा र प्रदेश सभाका सबै उम्मेदवार निर्वाचन अधिकृत कार्यालयसम्म ¥यालीमा सहभागी भएर पुगेका छन् । कञ्चनपुर १ मा पुनर्वास, बेलौरी, बेलडाँडी र लालझाडी गरी चार स्थानीय तह छन् ।
