सत्ता गठबन्धनबाट बाहिरिएपछि समाजवादीका मन्त्री र पूर्व मन्त्रीले दिए प्रदेश सभा सदस्यमा उम्मेदवारी

Amity

महेन्द्रनगर । सत्ता गठबन्धनमा सहमति हुन नसकेर बाहिरिएपछि सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले दुई प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएको छ । सुदूरपश्चिम सरकारका आर्थिक मामिला मन्त्री प्रकाश रावलले कञ्चनपुर ३ क र पूर्व मन्त्री लाल बहादुर खड्काले २ ख मा उम्मेदवारी दिएका छन् ।

रावल समाजवादीका जिल्ला सह इन्चार्ज र खड्का इन्चार्ज हुन् । नेकपा माओवादी केन्द्रका नेता टिकेन्द्र प्रसाद भट्टलाई ३ क मा उम्मेदवार बनाएपछि समाजवादी गठबन्धनबाट बाहिरिएको छ ।

janjyoti campus

समाजवादीलाई प्रदेश सभा ३ क दिने गरी अन्तिमसम्म सहमति गरिएको थियो । कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ की माओवादी उम्मेदवार विना मगरले प्रदेशका दुबै उम्मेदवार काँग्रेसलाई दिनु पर्ने अडान राखेपछि ३ क मा माओवादी केन्द्रको भाग परेको छ ।

समाजवादीका नेता रावलले महेन्द्रनगरस्थित मुख्य निर्वाचन अधिकृत कार्यालय र खड्काले झलारीस्थित निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवारी दर्ता गराएका छन् । २०७४ मा एमालेबाट निर्वाचित भएका उनीहरु पार्टी छाडेर गत वर्ष भदौमा समाजवादी भएका थिए ।

समाजवादीबाट अखिल नेपाल महिला संघका केन्द्रिय सदस्य एवम् प्रदेश अध्यक्ष माया पन्त प्रदेश सभा सदस्यको समानुातिक उम्मेदवार छन् ।

ghar sansar
सम्बन्धित
Loading...