
महेन्द्रनगर । सत्तारुढ गठबन्धनबाट कञ्चनपुर क्षेत्र नं. ३ मा काँग्रेसका रमेश लेखकले उम्मेदवारी दर्ता गराएका छन् । अघिल्लो निर्वाचनमा पराजित काँग्रेस केन्द्रीय सदस्य लेखकले यस पटक फेरि उम्मेदवारी दिएका हुन् ।
मुख्य निर्वाचन अधिकृत कार्यालयमा लेखकले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश सभा सदस्यमा सत्ता गठबन्धनबाट ३ क माओवादी केन्द्रका टिकेन्द्र प्रसाद भट्ट र ख मा काँग्रेसका बेल बहादुर राना उम्मेदवार भएका छन् ।

काँग्रेसका राना अघिल्लो निर्वाचनमा पराजित भएका थिए । उनी माओवादी केन्द्रका मान बहादुर सुनारसित पराजित भएका थिए ।
कञ्चनपुर ३ क का क मा माओवादी केन्द्रका भट्टलाई उम्मेदवार बनाएपछि समाजवादी बाहिरिएको छ । ३ क मा समाजवादीका प्रकाश रावल र ३ ख मा माओवादीका सुनारलाई उम्मेदवार बनाउने अनौचारिक सहमति जुटेको थियो । उम्मेदवारी दर्ताको अघिल्लो दिन समााजवादीलाई बाहिर राखेर टिकट दिइएको छ ।
प्रतिनिधि सभा सदस्यका उम्मेदवार काँग्रेसका लेखक २०५६, २०७० र २०७४ मा चुनाव लडेका छन् । तीन चुनाव लडेका उनी २०७४ मा पराजित भएका छन् । २०६४ मा उनी समानुपातिक साँसद भएका थिए ।
