दोधारा चाँदनीमा सत्ता गठबन्धन छाडेर स्थानीय निर्वाचनमा वडा अध्यक्ष लडेका माओवादी केन्द्रका नेता सुनार एमाले प्रवेश,फूलमाला लगाएर गरियो स्वागत
दोधारा । सत्तारुढ गठबन्धन छाडेर दोधारा चाँदनीमा नेकपा माओवादी केन्द्रका नेता नन्द बहादुर सुनार नेकपा एमाले प्रवेश गरेका छन् ।
नेकपा एमाले दोधारा चाँदनीको सम्पर्क कार्यालयमा आयोजित कार्यक्रममा माओवादी नेता सुनारलाई पार्टीमा स्वागत गरिएको छ । उनी स्थानीय निर्वाचनमा वडा नं. ८ का वडा अध्यक्षका उम्मेदवार भएर चुनाव लडेका थिए ।
नेकपा एमाले दोधारा चाँदनी नगर ईन्चार्ज राजिव खड्कोले सुनार सहित अन्य १२ जना भन्दा माओवादी नेता कार्यकर्ता एमाले आएको जानकारी दिएका छन् । उनीहरु सबैलाई फूलमालाले स्वागत गरिएको बताईएको छ् । माओबादी पार्टीमा नेताहरु हावी हुदै र जनताको मर्म बिपरित नेताहरुको कारण आफुहरु एमालेमा प्रबेश गरेको उनीहरुले बताए ।
कार्यक्रममा नेकपा एमाले दोधारा चाँदनीका नगर ईन्चार्ज राजिव खड्का, सह–ईन्चार्ज खिमा चन्द, जिल्ला सदस्य गगन खत्री, दोधारा चाँदनी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष ओंम बस्नेत, वडा नं. ८ का वडाध्यक्ष ओंम प्रकाश रोकाया, नगरध्यक्ष हरिसिंह धनाडी लगाएत नेता तथा कार्यकर्ता सहभागी भएका छन् ।