ghar sansar

दोधारा चाँदनीका कुमालले दिए प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी

दोधारा । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ ‘ख’ मा समाजसेवी भीम कुमालले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यस अघि दोधारा चाँदनी नगरपालिकाको स्थानिय निर्वाचनमा स्वतन्त्र समुहको नेतृत्व गरि मेयर, उपमेयर संगै दोधारा चाँदनी नगरपालिकाका सबै वडामा उम्मेदवारी खडा गरि कुमाल मेयर पदमा उम्मेदवारी दिएका थिए । उनी माओवादी केन्द्र छाडेर स्वतन्त्र उम्मेदवार भएका थिए ।

कारोना कालमा सामाजिक कार्यमा प्रखर देखिएका भिम कुमालले यस पटकको प्रदेश सभा निर्वाचनमा राम्रो मत लिएर बिजय हुने आशा राखेका छन् ।

केही दिन अघि देखि उनि दोधारा चाँदनी नगरपालिका गाँउ, बस्तीमा भेटघाटमा व्यस्त छन् । दोधारा चाँदनी नगरपालिकामा नगर कमिटि स्वतन्त्र समूह गठन संगै वडा–वडामा स्तन्त्र समुहको वडा कमिटि गठन कार्यलाई निरन्तरता दिदै आएका छन् ।

पार्टीहरुबाट जनता वाक्क दिक्क भएको बताउदै अबका दिनमा स्वतन्त्र उम्मेदवारसंगै असल व्यक्तिले ुचनाव जिन्ते उनी बताउँछन् ।

Himal dental
सम्बन्धित
Loading...